पुर्व देखि पश्चिमका महाधिवेशन प्रतिनिधिहरुले बिर्सनै नहुने क्र.सं.६४ मोहन बहादुर बस्नेत

  जन्मभूमि संवाददाता

काठमाडौं
पुर्व देखि पश्चिमका सच्चा काँग्रेसजनले १४ औं महाधिवेशनमा केन्द्रिय सदस्यका उम्मेदवार पुर्व सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेत (क्रम संख्या ६४) लाई बिर्सनै नहुने नामका रुपमा अगाडी सारेका छन् । कारण नेता बस्नेत कोरोनाकाल जस्तो संसार हल्लिने समयमा समेत आफ्नो जिउज्यानको समेत पर्वाह नगरी “जनता रहे राजनिती” भन्ने मुल मन्त्रलाई आत्मासात गर्दै निरन्तर जनता जोगाउने अभियानमा लाग्नु भएको थियो । उहाँले त्यो विषम परिस्थितिमा अक्सिजनको अभावमा जनता मृत्युु भैरहेको बेलामा सरकारले समेत अक्सिजन ल्याउन नसकेको अवस्थामा उनैको प्रयासमा सर्वसुलभ आपूर्ति गराएर त्यो भयबाट मुक्त गराएका थिए ।                                                                                                                      यति मात्र हैन, उहाँ लगातारको लामो लकडाउनले गर्दा देशैभर रगतको अभाव नहोस भन्ने उद्देश्यका साथ विभिन्न चरणमा आफैं समेत रक्तदानका लागि तयार हुनुभै धेरै रक्तदाताहरुबाट रक्तदान कार्यक्रम सन्चालन गरेर धेरै जनताको ज्यान जोगाएर मन जित्न सफल व्यक्तित्व हुनुहुन्छ । 

उनले “जनताको सेवा गर्न चुनाव जित्नै पर्छ भन्ने छैन, नेता भनेंको जनतालाई परेको दुख, पीडा अनि आपतविपतमा जस्तो सुकै सहयोगका लागि तयार हुनुपर्छ” भन्ने धारणा र सोही अनुसार पुर्व देखि पश्चिम सम्मका विस्थापित पीडितहरु सम्म पुगेर सहयोग गर्दै जनसेवामा रहेका नेता बस्नेतको क्रम संख्या ६४ लाई भोलि हुने महाधिवेशनमा मत हाल्न सबै काँग्रेसजनमा आग्रह गर्नुभएको छ ।

बस्नेतले नेपाली काँग्रेसको महत्वपूर्ण केन्द्रिय खेलकुद बिभाग र बाढी पहिरो विपद व्यवस्थापन समितीको संयोजकको रुपमा सफलता पुर्वक जिम्मेवारी निभाईरहेका छन् । त्यस्तै अहिले पनि महाधिवेशन स्वास्थ्य संयोजकको जिम्मेवारी उत्कृष्ट पुर्वक गरिरहनुभएको छ । कोरोनाको तेस्रो लहरको डरलाग्दो समयमा समेत स्वास्थ्य व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन उहाँ लगातार लागिरहनुभएको छ । यसकारण पनि उहाँको समर्थकहरु भन्दै छन् “हामी सबैको हाई हाई, क्रम संख्या ६४ मोहन बहादुर बस्नेत दाई” ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार