मकवानपुर
नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिमा युवा नेता इन्द्र बानियाँ बिजयी हुनुभएको छ । प्रदेश भित्र पर्ने नेपाली काँग्रेसको १३ जिल्लाको ४ वर्षे नेतृत्व अब बानियाँले निभाउनेछन् ।
सभापति पदका लागि पहिलो चरणमा हिजो इन्द्रा बानियाँ, जगदिश्वर नरसिं केसि र भिमसेन दास प्रधान बिच निर्वाचन भएको थियो । ३ प्रतिस्पर्धी बिच प्रतिस्पर्धा हुँदा ५१% मत कुनैले पनि नल्याएपछी पुन: आज दोश्रो चरणको मतदान भएको हो । आज भएको निर्वाचनमा भिमसेन दास प्रधानले इन्द्र बानियाँलाई साथ दिने सहमति भएको बताईएको थियो । सोही अनुरुप निर्वाचन हुँदा २०२४ मत मध्ये बानियाँले १०८५ र जगदिश्वर नरसिं केसिको ९२७ मत प्राप्त भएको हो ।