सिन्धुपाल्चोक
नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनको सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. १ बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिको रुपमा युवा नेता राजेन्द्र कुमार श्रेष्ठले उम्मेदवारी दर्ता गर्नुभएको छ । श्रेष्ठ गएको प्रदेश सभा चुनावमा नेपाली काँग्रेसको तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नं. १ प्रदेश सभा “ख” बाट प्रत्यासी उम्मेदवार हुनुहुन्छ ।
युवा व्यवसायी श्रेष्ठ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष समेत हुनुहुन्छ । युवाहरुलाई व्यवसायिक रुपमा अघि बढाउन ठूलो योगदान पुर्याएका उहाँ नेपाली काँग्रेसको निति निर्माण तहमा युवा पुस्ताको सहभागिता” हुनुपर्ने धारणा सहित उम्मेदवारी दिनुभएको छ ।
उहाँले स्वाभिमान युवा नेतृत्व र जनप्रीय काँग्रेस निर्माणका लागि सबैको साथ, सहयोग र अमुल्य मतदानको अपेक्षा गरेका छन् । जसका लागि सम्पुर्ण वडाका सभापति, क्षेत्रीय प्रतिनिधिहरुमा एक भोट आफुलाई दिन समेत विनम्र अनुरोध गरिएको छ ।