काँग्रेस सिन्धुपाल्चोकको पालिका अधिवेशनको सभापतिमा को-को कहाँबाट जिते

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनको सिन्धुपाल्चोक जिल्लाका पालिका अधिवेशन हिजो हर्षोल्लासका साथ सम्पन्न भएको छ । १२ स्थानीय तह रहेको जिल्लामा केही तहमा नेतृत्व चयन सर्वसहमती भए भनें केहिमा निर्वाचन भएको छ ।

सर्वसहमत ढंगबाट २ स्थानीय तह जुगल र चौतारा साँगाचोकगढीमा नेतृत्व छानिएको छ । जसलाई उच्च राजनितिक संस्कारका रुपमा विष्लेशकहरुले लिएका छन् । जुगलमा युवा नेता सगुन श्रेष्ठ सभापति, युवा नेता एवं समाजसेवी राजेन्द्र लामा दोर्जे उपसभापति, सुभाष तामाङ सचिव, रविन्द्र पौडेल सह-सचिब निर्वाचित भएका छन् । त्यस्तै चौतारा नगरपालिकाको ऐतिहासिक नगर अधिवेशनबाट सर्वसहमतकै आधारमा सभापति इन्द्रलोचन धिताल, उप-सभापति कमल गिरि र आईडी लामा, सचिव भगवान खडका, विकास कुमार सापकोटा, सह-सचिव इन्द्र बहादुर बस्नेत र राधा विष्ट लगाएत निर्वाचित भएका छन् ।

बकेफी गाउँ पालिकाको सभापतिमा युवा नेता एवं युवा समाजसेवी तथा सिन्धुपाल्चोक क्षेत्र नं. १ क्षेत्रीय उपसभापति समेत हुनुभएका नेता रामकुमार तामाङ निर्वाचित भएका छन् । मेलम्ची नगरपालिकामा युवा नेता बसन्त गुरूङ, सुनकोसि गाउपालिकामा युवा नेता एवं व्यवसायी रूपकाजि लामा, हेलम्वु गाउँपालिका बाट राजकुमार भन्डारी, भोटेकोशी गाउँपालिका बाट देवि वहादुर बुढाथोकी, बाह्रविसे नगरपालिका बाट शम्भु बहादुर तिमल्सिना, पाँचपोखरी गाउँपालिकामा प्रेम दोङ सभापति पदमा निर्बाचित हुनुभएको छ ।

सिन्धुपाल्चोक काँग्रेसले पालिका अधिवेशन अत्यन्तै उल्लास पुर्ण भएको बताएका छन् । जिल्लाको दुई मात्र स्थानीय तह इन्द्रावती गाउँ पालिका र लिसाँखुपाखार मा भनें सर्वसहमत गराउने प्रयास असफल भएपछी आज निर्वाचनमा जाने तयारी गरेको काँग्रेस श्रोतले जानकारी दिएका छन् । भोलि अर्थात् मंसिर ८ मा जिल्लाको ४ प्रदेश सभामा अधिवेशन हुँदै छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार