नुवाकोट काँग्रेसको क्षेत्र नं. १ प्रदेश “ख” सभापति पदका लागि रामजी पौडेल प्यानल बलियो

  प्रीतम कुमार तामाङ

काठमाडौं
यहि मंसिर ३ गते हुने नेपाली काँग्रेस नुवाकोटको जिल्ला अधिवेशनमा क्षेत्र नं १ को प्रदेश ‘ख’ मा रामजी पौडेलको नेतृत्वमा प्यानल बनाएर चुनावी प्रचार तीव्र पारिएको छ । पौडेल प्यानल सभापति सहितको प्यानल बलियो रहेको निकट श्रोतले जनाएको छ ।

पौडेलको नेतृत्वमा दीपक लामा, रवीन्द्र तामाङ, सूर्यबहादुर कार्की, नित्यराज ढुङ्गाना, सुन्दर श्रेष्ठ, सचिन्द्रकुमार लामिछाने र १८ सदस्यीय प्रतिनिधि मण्डलका होनहार परिवर्तनका संबाहक, कर्मठ, साङ्गठनिक प्रतिबद्ध साथै जुझारु योद्धाहरूले बनेको यो समूह चुनावी प्रचारप्रसारमा होमिएका छन् ।

डा। रामशरण महत, डा। प्रकाशशरण महत, बहादुरसिंह लामा, ध्रुव अधिकारी, महेन्दै थिङ, रमेशकुमार महत, ध्रुव श्रेष्ठ, कृष्ण बहादुर लामा, अर्जुनप्रसाद न्यौपाने, सन्तमान तामाङ सहितको लगभग पुरै नुवाकोट काँग्रेसको एकताबद्ध वैचारिक धारको समर्थनको बलियो जगमा यो समूह खडा भएका हुन् ।

नुवाकोटको अधिवेशनले केन्द्रमा समेत प्रभाव पार्ने देखिएकाले सबैको चासो बढ्न थालेका हुन् ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार