“सेवामुखी राजनीति प्रति प्रतिबद्धता” सुनकोसी गा.पा सभापतिमा थुप्तेन लामाको उम्मेदवारी

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
नेपाली काँग्रेस १४ औं अधिवेशन अन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नं. १ को सुनकोसी गाउँ पालिका को सभापति पदका लागि युवा नेता फुर्वा ग्याल्बो लामा (थुप्तेन) ले उम्मेदवारी घोषणा गरेको छ । लामाले आजै आफू निकटका सम्पुर्ण नेताकार्यकर्ता संग आवश्यक छलफल गरि सो पदका लागि दावी गर्नुभएको उहाँ निकट स्रोतबाट बुझ्न आएको छ ।

लामाले सामाजिक संजाल मार्फत गरिएको आफ्नो उम्मेदवारीमा “सेवामुखी राजनीति मेरो प्रतिबद्धता” अघि सार्नु भएको छ । साथै उनले सामाजिक न्याय र लोकतान्त्रमा बिश्वास गर्नेहरुको भावना समेट्न सभापति पद दावी गरेको बताएका छन् । यसका साथै विभेद र निषेधको राजनीतिका विरुद्ध, वैचारिक राजनीतिको प्रवर्द्धन गरि युवा पुस्तालाई पार्टीको मुलधारमा आकर्षित गराउन, खुल्ला राजनीतिक अवसरको सृजना तथा अनुशासित संगठन विस्तारका निम्ति आफू अगाडी बढ्ने प्रतिबद्धता समेत जनाएका छन् ।

लामा साविक सुनखानी गा.बि.स. का उप-प्रधानपन्च हजुरबुबा हजारसिं लामाबाट प्रभावित भै २०६२ सालमा सक्रिय रुपमा नेपाली काँग्रेसको सदस्य हुँदै राजनीतिमा होमिएको बताउनुहुन्छ । उहाँ हाल जि.पि. कोइराला फाउन्डेसन सिन्धुपाल्चोकका क्षेत्रीय संयोजक, सांस्कृतिक संघ सि.पा. को कोषाध्यक्ष, नेपाल तरुण दल सुनकोसी गाउँ पालिकाको अध्यक्ष र लायन्स क्लब अफ ब्ल्याक डाइमण्डका अध्यक्ष समेत हुनुहुन्छ ।

भुकम्पका बखत होस् या बाढिपहिरोको बेला लामा निरन्तर दिन दुखीहरुको सेवामा खटिँदै आएको छ । युवा व्यवसायी लामा हाल द बर्गर क्रन्ची फ्राइड चिकेन हात्तिगौडाका संचालक एवं बौद्ध ब्राण्चका शेयर धनी समेत हुनुहुन्छ ।                     

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार