सभापति बालकृष्ण बस्नेतद्वारा ५३ विद्यार्थीलाई ब्याग र स्टेसनरी

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतद्वारा व्यक्तिगत खर्चमा विद्यार्थीहरुलाई ब्याग र स्टेसनरी वितरण गरेको छ । बाह्रबिसे नगरपालिका वडा नं. ७ हुण्डुङ स्थित बासुकीदेवी आधारभुत विद्यालयमा अध्ययनरत ५३ छात्राछात्रहरुलाई सो सामाग्री हस्तान्तरण गरिएको हो ।     

नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् पुर्व सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतको निर्देशनमा क्षेत्रीय सभापति बस्नेतले यस अघि पनि निरन्तर शैक्षिक क्षेत्रका स्वास्थ्यको क्षेत्रमा समेत सकेको सहयोग गर्दै आएको बताउनुभयो । उहाँले भन्नू भयो, “हाम्रो प्रमुख दायित्व भनेको शिक्षा र स्वास्थ्य रहेकोले पनि विशेष रुपमा यहि क्षेत्रलाई प्राथमिकता राखेर सकेको सहयोग गर्दै आएका छौं ।”                         

कोरोनाको पहिलो चरण संगै दोश्रो चरणमा समेत आफ्नो जिउ ज्यानको पर्वाह नगरी उहाँ लागायत उपसभापति रामकुमार तामाङ, विभिन्न पालिका सभापतिहरु, नेताकार्यकर्ताहरु, वडा सभापतिहरुले जनता रहे राजनिती भन्ने नारा लिएर स्वास्थ्य सामाग्रीहरु वितरण गर्ने देखि अक्सिजनको चरम अभाव भएकै बेला समेत यसको व्यवस्थापन गरेर निकै जनप्रीय काम गर्नुभएको थियो ।

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार