चौसागढी नपा ९ का सभापति गिरिद्वारा मृतक परिवारलाई आर्थिक सहयोग र श्रद्धाञ्जली व्यक्त

  जन्मभूमि संवाददाता

काठमाडौं
नेपाली काँग्रेस चौसागढी नपा वडा नं. ९ का सभापति दुर्गराज गिरि सहितका दानी व्यक्तित्वहरुले मृतक परिवारलाई आर्थिक सहयोग गरेका छन् । सोही स्थानका आर्थिक अवस्था अत्यन्तै दयनीय रहेका साविक कदमबास गा.वि.स. ५ कि बिन्दा मगरको किरिया खर्चका लागि केही सहयोग होस् भन्ने हेतुले नगद रु. १० हजार सहयोग गरेको सभापति गिरिले जानकारी दिनुभयो ।

उनका अनुसार बिश्वभर महामारीको रुपमा फैलिरहेको कोभिडको पहिलो र दोश्रो लहरमा अहोरात्र खटिनुभएका पुर्व मन्त्री बस्नेतको निर्देशनमा जहाँ दुख त्यहाँ नेपाली काँग्रेस भन्ने मुल मन्त्रलाई आत्मासात गर्दै सकेको सहयोग गरिएको बताउनुहुन्छ ।

मृतक मगरले आफ्नो अमुल्य समय यहि समाजकै लागि स्वयमसेविका भएर काम समेत गर्नुभएको थियो । यसरी समाजका लागि थुप्रै समय खर्चिनुभएका मगरको आत्माको चिर शान्तीको कामना गर्दै श्रद्धाञ्जली समेत व्यक्त गरेका छन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार