सभापति बस्नेतद्वारा बलेफीका दुई वडालाई आइसोलेसन बेड र अक्सिजन सिलिन्डर

सिन्धुपाल्चोक
नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतद्वारा बलेफी गाउँ पालिकाका दुई वडालाई आइसोलेसन बेड र अक्सिजन सिलिन्डर सहयोग गरेका छन् । कोभिडको संक्रमण दर बढिरहेको सन्दर्भलाई ध्यानमा राख्दै जनता बचाउने उद्देश्यका साथ पुर्व मन्त्री एवं नेता मोहन बहादुर बस्नेतको निर्देशनमा निरन्तर स्वास्थ्य सामाग्री लगायत खाद्यान्न वितरण गर्दै आईरहेको सभापति बस्नेतले जन्मभूमि पोष्टलाई जानकारी गराउनुभयो ।

सो सामाग्री नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का क्षेत्रीय उपसभापति रामकुमार तामाङको रोहवरमा बलेफी गाउँपालिका वडा नं. २ र ४ मा रहेको दुई स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिनेछन् । यि वडाहरुका वडा अध्यक्ष एवं स्थानीयहरुबाट उपसभापति तामाङलाई आवश्यक सामाग्रीहरुको माग भएपछि उपलब्ध गराउने प्रतिबद्धता स्वरुप उहाँकै आग्रहमा सभापति बस्नेतले सामाग्री पठाउनुभएको हो ।

क्षेत्रीय सभापति बालकृष्ण बस्नेत र उपसभापति रामकुमार तामाङ निरन्तर कोभिडका बेला समेत जनताको सेवामा सकेको सहयोग गर्दै आईरहनुभएको छ ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार