युवा संघ नेपालको केन्द्रिय सदस्य योन्जनको नेतृत्वमा सयौं कम्युनिस्ट युवा काँग्रेसमा प्रबेश : पुर्व मन्त्रीद्वारा स्वागत

  जन्मभूमि संवाददाता

काठमाडौं
सिन्धुपाल्चोक क्षेत्र नं. १ क्षेत्रीय समितीद्वारा आयोजित पार्टी प्रबेश तथा बृहत् अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ । आज भक्तपुर कौशलटार स्थित व्हाईट प्यालेस व्यान्केटमा आयोजित उक्त कार्यक्रममा सयौं कम्युनिस्टका विभिन्न भातृसंघठनमा नेतृत्व गर्ने नेताकार्यकर्ताहरु पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रबेश गरेका छन् ।

यसै सिलसिलामा युवा संघ नेपालका केन्द्रिय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला ईन्चार्ज समेत रहनुभएका युवा नेता एवं युवाहरुको अगुवाकर्ता सुरेन बिक्रम योन्जनको नेतृत्वमा करिब ४ सय युवाहरुलाई नेता बस्नेतद्वारा काँग्रेसमा स्वागत गरेका छन् । साथै युवा नेता, युवा व्यवसायी महेश श्रेष्ठको नेतृत्वमा समेत पार्टी प्रबेश गरेका छन् ।

पुर्व मन्त्री बस्नेतद्वारा नव प्रबेशीहरुलाई पार्टीमा स्वागत गर्दै सबैलाई ईच्छा र हैसियत अनुसारको स्थान पार्टीमा दिने बताउनुभयो । उहाँले नेपाली काँग्रेस सबैको साझा पार्टी भएकोले सबैले आफ्नो फिल्ड अनुसारको विभागमा समाबेश गराउने तर्क राख्नुभयो । जस अनुरुप आजै प्रबेश हुनुभएका युवा नेता योन्जनलाई लोकतान्त्रिक खेलकुद संघको केन्द्रिय सदस्यको जिम्मेवारी समेत दिनुभएको छ ।

कार्यक्रमको सभापतित्व क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले गरेका थिए भने उपस्थित सबैलाई क्षेत्रीय उपसभापति रामकुमार तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमका बिशेष अतिथी केन्द्रिय सदस्य विष्णु विक्रम थापा हुनुहुन्थ्यो । कार्यक्रममा हजारौं काँग्रेसका नेताकार्यकर्ता उपस्थित थिए ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार