काँग्रेसको कृयाशिल समायोजन सम्बन्धि हाम्रो तर्फबाट कुनै उजुरी हालेको छैन – नेता विष्णु विक्रम थापा

  जन्मभूमि संवाददाता

काठमाडौं
नेपाली काँग्रेस सिन्धुपाल्चोकको नयाँ कृयाशिल सदस्यताको विषयमा विवाद चुलिएको छ । राप्रपा पार्टीबाट नेपाली काँग्रेसमा प्रबेश भएका नव प्रबेशीहरुको कृयाशिलको समायोजनलाई केन्द्रविन्दु बनाई जिल्लाका काँग्रेस कै केही नेताहरुले विवादको विषय बनाई कृयाशिल छानविन समितिमा निवेदन हालेपछि आइसकेको कृयाशिल रद्ध भएको हो । लामो समय विवादको विषय बनेको सिन्धुपाल्चोक नेपाली काँग्रेसको कृयाशिल सदस्यता पार्टी भित्र कै केही नेताहरु षड्यन्त्र पुर्वक लागेको सार्वजनिक भएपछी सिन्धुपाल्चोक काँग्रेसका नेताकार्यकर्ताहरु आक्रोशित बनेका छन् ।

यो विवादलाई जिल्लाका उच्च नेतृत्वमा रहेका नेताहरुले सहमतिको आधारमा विवाद टुंगो लगाएर कृयाशिल फर्म भरेर केन्द्र पठाईसकेको थियो । यसरी सबै तहबाट रुजु भएर पठाईसकेको कृयाशिललाई प्रतिशोधको आधारमा विवाद बनाएर रोकेपछी यस विषयमा शुक्रबार निवेदन सहित बुझाउन कृयाशिल छानविन समिती तिलगंगामा पुगेका सिन्धुपाल्चोक काँग्रेसका नेता कार्याकर्तालाई समितीका सदस्य समेत रहेका श्यामकुमार घिमिरेले चासो नदिई उल्टै झपारेपछी सामान्य भनाभन मात्र भएको निवेदन बुझाउन पुगेका एक नेताले बताए । यसै विषयलाई आधार बनाई योजनाबद्ध तरिकाले राजनितिक र व्यक्तिगत प्रतिशोध साँध्दै सामान्य घटनालाई अतिरन्जित पारेको गुनासो निवेदन बुझाउन पुगेको पक्षको छ ।

यहि घटनाको सेरोफेरोमा रहेर नेपाली काँग्रेस केन्द्रिय सदस्य विष्णु विक्रम थापाले वास्तविकता नबुझी विभिन्न अनलाइन न्युजहरुमा समितिका सदस्य श्यामकुमार घिमिरेले राप्रपाबाट काँग्रेस प्रवेश भएका सिन्धुपाल्चोकको कृयाशिलको विषयमा राप्रपाबाट उजुरी आएको भन्ने गलत कुरालाई इंगित गर्दै समचार आएको भन्दै आपत्ति जनाएको छ । यसै सिलसिलामा उहाँले आफ्नो सामाजिक संजाल मार्फत यसरी स्पष्ट पार्नु भएको छ ।

सामाजिक संजालबाट जस्ताको त्यस्तै साभार;

हिजो मिति २०७८ साल श्रावण १ गते साझ ६:१८ बजे ‘अनलाईन खबर’ मा नेपाली काङ्ग्रेसको क्रियाशिल सदस्यता छानबिन समिती सदस्य श्याम घिमिरेका आनुसार सिन्धुपाल्चोकमा राप्रपा बाट आएका १२०० जना क्रियाशिल सदस्य सम्बन्धि उजुरी आएको भन्ने किसिमको र हिजै साझ ७:४१ बजे ‘सिन्धुखबर’ नामक अनलाइन न्युजमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेपाली काङ्ग्रेसमा प्रवेश गरेका नेता कार्यकर्ता समायोजन बारे सिन्धुपाल्चोक जिल्लामा लफडा भएको भन्ने किसिमका आधारहीन खबरहरु आएका प्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ । म सिन्धुपाल्चोक जिल्लाबाट राप्रपा परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरे पश्चात् नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्यमा समायोजन भएको सबैमा अवगत छ र सिन्धुपाल्चोक जिल्लामा राप्रपा बाट नेपाली काङ्ग्रेस प्रवेश र समायोजनमा मेरो आफ्नो छुटै भुमिका रहेको छ ।
हिजो जुन किसिमको घटना घाट्यो र राप्रपाबाट नेपाली काङ्ग्रेसमा समायोजन तथा क्रियाशिल सदस्यता सम्बन्धी उजुरी आएको भन्ने खबरहरु आए त्यसमा कुनै सत्यता नरहेको अवगत गराउन चाहन्छु । साथै, मैले छानबिन समितिमा कुनै उजुरी नदिएको र उक्त समितिमा म स्वयं उपस्थित भई राप्रपा समायोजन सम्बन्धि अन्य जिल्लाहरुको समस्याहरुको बारेमा अवगत गराई सिन्धुपाल्चोक जिल्लाको हकमा कुनै समस्या नरहेको जानकारी गराएको सम्बन्धित सबैलाई जानकारी गराउदछु ।
जय नेपाल!

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार