कम्युनिस्ट सरकारले धन्यवाद दिन बाध्य बनाएको तरुण नेता राजेन्द्र लामा (दोर्जे) को त्यो अनुकरणीय समाजिक कार्य…

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
कतिपय सामाजिक कार्यहरु, समजप्रतीको योगदानहरु अनुकरणीय बनेर समाजका अन्यलाई पनि त्यसमा लाग्न बाध्य बनाईदिन्छ । भनिन्छ, कुनै राम्रो कामको सुरुवात एकबाट भएर बिस्तारै अनेकमा फैलिन्छ । हो, सिन्धुपाल्चोक जुगल गाउँ पालिका ५ बराम्चीका युवा समाजसेवी एवं तरुणदल जिल्ला उपाध्यक्ष राजेन्द्र लामा (दोर्जे) को यस्तै अनुकरणीय अनि उदाहरणीय कार्यको सुरुवातले निरन्तरता र सार्थकता पाएको छ । समाजप्रतिको उनको सामाजिक कार्यको सुरुवातले अरु धेरैलाई समाजप्रतिको उत्तरदायीत्वमा संलग्न हुन बाध्य मात्र बनाएनन् कि स्थानीय सरकार चलाईरहेका कम्युनिस्ट सरकारलाई धन्यवाद दिन पनि बाध्य  बनाईदियो ।

जुगल गाउँ पालिकाले दिएको धन्यवाद पत्र

के गरे राजेन्द्र लामा (दोर्जे) ले ? जुन अनुकरणीय कार्य बन्यो ;
कोभिड-१९ ले विश्व भर महामारी फैलाइरहेको बेला नेपाल पनि यसबाट अछुतो रहन सकेन । देशैभर कोभिड ले आतङ्क मच्चाईरहँदा सबैमा मरिन्छ की भन्ने डर र त्रास फैलिरहेको थियो । त्यस्तैमा जुगल गाउँपालिका र बलेफी गाउँपालिकाले ढीलै भएपनि रत्न राज्य मा.वि. चनौटे संग समन्वय गरेर रत्न राज्य आइसुलेसन राख्ने निर्णय गरेर काम सुरु गर्यो ।
सरकार पक्षले जे विषयमा पनि बिरोधि मात्र देख्ने प्रतिपक्षमा रहेको पार्टी नेपाली काँग्रेस जुगलले पनि यसलाई सकारात्मक निर्णयको रुपमा लिँदै स्थानीय सरकारको साथ दिनुपर्छ र स्थानीय सरकार लाई मात्रै यसको भार बोकाउनु हुँदैन भन्ने मनसायका साथ लागे । आइसोलेसनमा आवश्यक सम्पुर्ण सामाग्रीको लागि चाहिने खर्च कमि नहोस भनेर सहयोगी हात बढाउन लामाले सुरुवात गर्दै सबैमा पक्षविपक्ष नभनी सहयोगमा जुट्न र कोभिड विरुद्ध लड्न आह्वान समेत गरे । नेपाल तरुण दलका जिल्ला उपा-अध्यक्ष समेत रहेका लामाले आइसोलेसन सुरुवात भएको केही दिनमै सबैभन्दा पहिलो सहयोग स्वरुप  आइसुलेसन बेड ५ थान सहित कोभिड प्रतिरोध गर्ने स्वास्थ्य सामाग्रीहरु मास्क, सेनिटाईजर र उपचाररत बीरामीहरुका लागि पौष्टिक आहार स्वरुप अण्डा र हर्लीक्स को पनि ब्यबस्था मिलाउनुभएको थियो । उनको यो महान कार्यलाई जुगल र बलेफीमा सरकार चलाईरहेका कम्युनिस्ट सरकारले धन्यवाद दिन बाध्य बनायो भनें आफ्नै पार्टी र अन्य पार्टीका नेताकार्यकर्ताहरुलाई समेत आइसोलेसन सम्म केही न केही राहत लिएर जाने भावना उत्पन्न गरायो र आइसोलेसनको लागि सहयोगको ओइरो नै लाग्यो, जुन अनुकरणीय कार्य मान्न सकिन्छ ।

आइसोलेसन व्यवस्थापन समितिका अध्यक्ष एवं विद्यालयका प्रधानाध्यापक पुष्पराज तिमल्सिना संग जन्मभूमि पोष्टले गरिएको संक्षिप्त कुराकानीको अंश;
“गएको वर्ष विद्यालयमा आइसोलेसन बनाउँछु भनेंर काम अघि बढाउँदै गर्दा स्थानीय स्तरबाट चर्को बिरोध भयो । हामीलाई खुलेर साथ दिने कोहि नभएपछि हामी असफल भयो । त्यो बेलाको मानसिकता कोरोना लागेको मान्छेलाई हाम्रो नाजिक ल्याउनु हुँदैन, हामीलाई पनि सर्छ भन्ने डर र त्रास थियो तर यो वर्ष भेरियन्ट लक्षण सहितको कोभिडले सबै संक्रमित हुन थालेपछि जुगल-बलेफी स्थानीय सरकारले रत्नराज्य मा.वि. मा संयुक्त आइसोलेसन स्थापनाको कार्य अघि सार्यो र त्यसको व्यवस्थापनको अध्यक्षको जिम्मेवारी मलाई दिनुभयो । आइसोलेसन स्थापना गरेपनी त्यहाँ पर्याप्त बेड, स्वास्थ्य सामाग्री, बिरामी लगायत खटिने स्वास्थ्यकर्मी, स्वयंसेवकका लागि खाद्यान्न, पौष्टिक आहारको सबै व्यवस्था स्थानीय सरकारले मात्रै पनि गर्न नसक्ने अवस्था स्पष्ट नै थियो । त्यस पश्चात् हामीले सहयोगका लागि निजि स्तरमा आह्वान गरे । जसको फलस्वरूप सबैभन्दा अगाडी तरुण युवा नेता राजेन्द्र दोर्जे जिले व्यक्तिगत खर्चमा ५ वटा आइसोलेसन बेड, ८० लिटर सेनिटाइजर, २२५० थान मास्क, १५ किरेट अण्डा र १५ वटा हर्लिक्स व्यक्तिगत खर्चमा सहयोग गर्नुभयो । त्यसपछि हाल सम्ममा ८८ जना संक्रमितहरुलाई उपचार गराईरहाँदा बिरामीका लागि पौष्टिक आहार, खाद्यान्न, स्वास्थ्य सामाग्रीको कुनै कामी भएन । जनस्तरबाटै स्वतस्फूर्त रुपमा सहयोग आउने क्रम जारी रह्यो । यदि दोर्जे जि ले स्वतस्फूर्त रुपमा छिटो यो महान कार्यमा हात नबढाएको भए सायद यति धेरै सहयोग आइसोलेसनका लागि आउन गाह्रो नै पर्थ्यो होला ।”

चनौटेको आइसोलेसनमा सहयोगी हातहरु बढ्दै गर्दा जुगल का ५ का समाजसेवी तथा क्रीयाशिल युवा रबीन्द्र पौडेल ले पनि ४५ दिन रत्न राज्य आइसुलेसन मा नि:शुल्क बिरामीहरुको हेरबिचार अनि सेवा गरे । उनले त्यति मात्रै हैन ४५ दिन सम्म आफुले आइसोलेसनमा खाएको पैसा समेत पुनः आफ्नै खल्तीबाट आइसोलेसनलाई नै दिए ।

त्यस्तै सोही वडा कै स्काउटका सरस्वती पौडेल, महिला समाजसेवी शर्मिला लामा लगायतले नि:शुल्क स्वयंसेवक भएर काम गर्नुभएको थियो । साथै जुगलकै युवा नेता एवं तरुण दल जिल्ला कोषाध्यक्ष निमा जङ्बु शेर्पा, नायक अमृत लामाले पनि पौष्टिक आहार सहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो ।

तरुण जिल्ला उपाध्यक्ष लामा, युवा समाजसेवी पौडेल लगायतको यो महान सहयोगी भावना बाट प्रभावित भएर धेरै ले सकेको सहयोग जुट्दै गएको भन्दा फरक नपर्ला । यस्ता महान कार्यले गर्दा प्रतिपक्षीले सरकारलाई संधै बिरोध मात्रै गर्छ र सहयोग गर्दैन भन्ने मानसिकता लाई भ्रम सावित गरिदिएको छ ।

जुगल गाउँ पालिकाका अध्यक्ष होम नारायण श्रेष्ठले तरुण नेता लामाको सहयोग ग्रहण पश्चात् राजेन्द्र लामा (दोर्जे) ले गरेको सहयोगले दुखको बेला, अप्ठ्यारोको बेला हामी एकै ठाउँमा अभिनुपर्छ भन्ने सन्देश दिएको छ” भन्ने अभिव्यक्ती दिनुहुँदै सबै एकजुट भै कोभिड विरुद्ध लड्नुपर्छ भन्ने सन्देश दिनुभएको थियो ।

सहयोग हस्तान्तरण गरिएको भिडियो;

https://fb.watch/v/dTAl71-DQ/

युवा समाजसेवी पौडेलका अनुसार कोभिडको बेला यसरी संक्रमितको सेवाको लागि उत्रीन नेपाली काँग्रेस  पुर्व संचार मन्त्री एवं नेपाली काँग्रेस केन्द्रिय खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतले यस्तो विषम परिस्थितिमा चालेका कदम हरु बाट प्रभावित भएको सुनाउँछन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार