मेलम्ची बाढी पीडित गर्भवतीलाई १५-१५ हजार नगद सहयोग

  प्रीतम कुमार तामाङ

काठमाडौं
हेलम्बु-मेलम्ची बाढी पीडित गर्भवती महिलाहरुलाई १५-१५ हजार नगद सहयोग गरिएको छ । सो सहयोग नेपाली नारी समाज पोर्चुगलको सहयोगमा सञ्चारकर्मी विष्णु खड्का र जगन्नाथ दुलालले पहल गर्नुभएको हो ।

गत असार १ गते आएको विनाशकारी मेलम्ची बाढीले दर्जनौं घर बगाएको थियो भने अर्बौको भौतिकको क्षति भएको थियो । बाढीले मेलम्ची- हेलम्बु सडक खण्ड र सबै मोटरेवल पुल बगाएपछि नियमित स्वास्थ्य उपचारमा खटिनुपर्ने गर्भवती महिला अलपत्र परेका थिए । पत्रकार खड्काको समन्वयमा जष्ट फर नेपाल संस्थाको सहयोगमा नीजि हेलिकोप्टरको ब्यवस्था गरि निशुल्क उद्धार गरि राजधानी ल्याएको थियो ।
राजधानीमा आएका उनीहरुलाइ पौष्टिक आहारको लागि नेपाली नारी समाज पोर्चुगलले १० हजार र अमेरिकामा रहनु भएकी सरिता गुरुङको पहलमा ५ हजार गरि प्रति महिलालाइ नगद १५ हजार हस्तान्तरण गर्ने तयारी गरिएको हो । जसअनुसार मंगलबार अर्चना ढुङगेललाइ उनी बसेकै स्थान पुतलीसडक पुगी १५ हजार नगद हस्तान्तरण गरिएको र बाँकी २ जना गर्भवती महिलालाइ पनि १५-१५ हजार हस्तान्तरण गरिने सञ्चारकर्मी खड्काले जानकारी दिए ।

सहयोग रकम प्राप्त गरेपछि गर्भवती महिला ढुङगेलले असार २५ गते सुत्केरी हुने दिन चिकित्सकले दिएको र नगद १५ हजार पाउदाँ पौष्टिक आहार र उपचारमा निकै ठुलो सहयोग मिलेको बताइन । उनले यो दु:खमा हेलिकोप्टरदेखि नगद समेत पाउदाँ एकदमै खुसी भएको भन्दै सहयोगी मनका धनीलाइ धन्यवाद दिइन ।
पत्रकार खड्काले गर्भवती महिलालाइ सहयोग गर्न पाएकोमा खुसी लागेको बताए । उनले आफू पनि हेलम्बुमा बाढी पीडित भएपनि विपत्तिमा परेकाहरुलाइ उद्धार र राहतमा खटिएको र समाचार प्रशारणमा पनि उत्तिकै महत्व दिएको बताए । उनी एपीवान टेलिभिजनमा कार्यरत रहेका छन् भने बाढी आएको भोलीपल्टै हेलम्बु र मेलम्ची पुगेर समाचार संकलन गरेका थिए । त्यस्तै अर्का पत्रकार दुलालको पनि मेलम्चीमा बाढीले खेत र घर बगाए पनि पीडितको उद्धार र राहतमा सक्रिय छन् ।

सहयोगी संस्था नेपाली नारी समाज पोर्चुगलले मेलम्चीमा स्वास्थ्य शिविर समेत सञ्चालनमा सहयोग गरेको थियो । अझ यस्ता सहयोग निरन्तर जारी राख्ने भन्दै अप्ठयारोमा परेकाहरुलाइ सहयोग सबै मिलेर गर्नुपर्नेमा उनीहरुको जोड छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार