बलेफीको स्वास्थ्य सम्बन्धि एक वर्ष भित्र भएका कार्यक्रमहरुको वार्षिक समिक्षा सम्पन्न

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक,
बलेफी गाउँपालिकाको आ.व.२०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम पालिकाको प्रमुख प्रशासकीय अधिकृत रेवन्त दाहाल सभापतित्व, उपाध्यक्ष सरु लामा तामाङको विशिष्ट आतिथ्यता, जिल्ला स्वास्थ्य प्रमुख अनुप अधिकारीको विशेष आतिथ्यता एवं अतिथिको रुपमा वडा अध्यक्षहरु, खोप अधिकृत राजराम कार्की लगायत FAIR MED, MANK का प्रतिनिधिहरु र पालिकाभरका स्वास्थ्य केन्द्र प्रमुखहरुको उपस्थितमा भएको हो।

कार्यक्रममा पालिकाभर रहेका स्वास्थ्य संस्थाहरुले एक वर्ष भित्र सञ्चालन गरेका कार्यक्रमहरुको प्रस्तुति गरेका छन्। जसमा स्वास्थ्य संस्थामा सेवा लिने सेवाग्राहीको संख्या, बिरामीको समस्याको प्रकृति, गर्भवतीको जाँच, खोपको अवस्था, कर्मचारी दरबन्दी लगायतका सुचांकहरुमा गरिएका उपलब्धिहरु समावेश थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष सरु लामा तामाङले स्वास्थ्यलाई क्षेत्र मेरुदण्डको रुपमा हेरेको बताउनुभयो। जसको सुधार गर्न सर्वप्रथम स्वास्थ्यका कर्मचारीहरुको मुख्य हात हुने भएकोले त्यहाँ आवश्यक पर्ने औषधि लगायत अन्य सामाग्रीहरुको अभावले गर्दा स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीमा असर पर्न नहुने जनाउनुभयो। त्यस्ता समस्याका बारेमा तत्काल जुनसुकै माध्यमबाट वडा, पालिकामा सम्पर्क गर्न अनुरोध गर्नुभयो। त्यस्ता समस्याको समाधान तत्काल गर्ने उनको भनाइ थियो।

त्यस्तै गरि जिल्ला स्वास्थ्य प्रमुख अनुप अधिकारीले बलेफीको स्वास्थ्य स्थिति सुधारका लागि साथ सहयोग हुँदै आएको बताउनुभयो। स्वास्थ्यको क्षेत्रमा बलेफीले गर्दै आएको क्रियाकलापको प्रशंसा गर्दै हाल रहेका सानातिना समस्या, कमि कमजोरीलाई हटाउन सुझाव दिनुभयो। उनले गतवर्ष सिन्धुपाल्चोक जिल्ला ७ औं स्थान हासिल गर्न सफल भएको कुरालाई अवगत गराउँदै यो वर्ष त्यो भन्दा अझ राम्रो स्थान प्राप्त गर्ने आशा रहेको बताउनुभयो।
स्वास्थ्य प्रमुख अधिकारीका अनुसार स्थानीय तहहरुबाट प्राप्त सुचांकको आधारमा यहि आउँदो असोज १९ र २० गते स्वास्थ्य क्षेत्रमा जिल्ला स्तरीय प्रथम, दृतिय र तृतीय छनौट गरि सम्मान गर्ने कार्यक्रम रहेको अवगत गराउनुभयो।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार