कान्ती बाल अस्पतालको घटनाको सत्यतथ्य छानबिन गरेर कारबाही अघि बढ्छ- स्वास्थ्य मन्त्री बस्नेत

स्वास्थ्य मन्त्री बस्नेत स्वदेश फिर्ता,जनसंख्या र स्वास्थ्यका बिषयसँगै लैजाने बिषयमा विश्व समुदाय एकमत

  प्रीतम कुमार तामाङ

काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत ईजिप्टको कायरोमा सम्पन्न भएको जनसंख्या तथा विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर आईतबार स्वदेश फर्केका छन्। इजिप्टको राजधानी कायरोमा यही भदौ १९ देखि २२ गतेसम्म जनसंख्या तथा विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन मन्त्री बस्नेत गत सोमबार ईजिष्ट प्रस्थान गरेका थिए।

स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानीका क्रममा मन्त्री बस्नेतले कान्ति बाल अस्पतालको घटना बारे बोल्नु हुँदै छानबिन समिति बनाएर गल्ती कमि कमजोरी गर्नेलाई कारबाही गरिने जानकारी दिनुभएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु प्रकरणमा दोषी देखिएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई कडा कारवाही गरिने बताएका छन् । मन्त्री बस्नेतले आफुले ईजिष्टमा रहेका बेला कान्तिको घटनाका बिषयमा थाहा पाएको बताउदै लगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोषन पोखरेललाई फोन गरेर घटनाका बिषयमा छानविन समिति बनाएर दोषीलाई कडा कारवाही गर्न निर्देशन दिएका बताए । मन्त्री बस्नेतले आफुले यस बिषयमा थप बुझेर दोषीमाथि कडा कारवाही गर्न पछि नपर्ने बताए । स्वास्थ्य अवस्था जटिल भएकी एक बालिकालाई आकस्मिक कक्ष बाहिर घण्टौँ राखिएको र उपचार नपाई ज्यान गएको भन्ने खबर सार्वजनिक भएपछि स्वास्थ्य मन्त्रालयको निर्देशनपछि कान्ति बाल अस्पतालले छानविन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।
अस्पतालले डा प्रकाश जोशीको संयोजकत्वमा नर्सिङ अधिकृत अजिता सिलवाल र शाखा अधिकृत डमरु दाहाल सदस्य भएको छानविन समिति गठन गरेको हो । उक्त समितिलाई भदौ १८ गते सोमबार रातको समयमा अस्पतालको इमरजेन्सी वार्डमा भएको घटनाको सत्यतथ्य पत्ता लगाई पाँच दिन भित्र प्रतिवेदन बुझाउन भनिएको छ ।
काठमाडौंको बाफल बस्ने मकवानपुर थाहा नगरपालिका– १० की पाँच वर्षीया रेजिशा गोपालीलाई उच्च ज्वरो आएपछि आमा रिता गोपाली र हजुरबा कृष्णबहादुर गोपालीले १८ गते साँझ ५ बजे बजे कान्तिको इमर्जेन्सी कक्षमा पुर्याएका थिए । इमर्जेन्सीमा बिरामीको भिड थियो । दुई घन्टासम्म कुर्दा पनि इमर्जेन्सीको उपचार नपाएपछि सोही साँझ ७:१० बजे रेजिशाको मृत्यु भएको थियो ।

साथै उहाँले इजिप्टको कायरोमा सम्पन्न सम्मेलनमा जनसंख्या बसाई सराई र अव्यवस्थित बसोबासका कारण स्वास्थ्यमा परिरहेको समस्या र ती समस्या समाधानका उपायहरुका बिषयमा बृहत छलफल भएको जानकारी दिए। जनसंख्या र स्वास्थ्य साथसाथै लैजान नसकिए अन्य क्षेत्रमा पनि विकास गर्न नसकिने कुरामा सबै एकमत भएको र जनसंख्या र स्वास्थ्यसंगै लैजाने गरि अगाडि बढ्नेमा सहभागी सहमत भएको मन्त्री बस्नेतले जानकारी दिए ।

सम्मेलनमा सहभागी हुन आएका विभिन्न देशका स्वास्थ्य मन्त्रीहरु, दातृ निकायका प्रतिनिधिहरु र राजनीतिक नेतृत्वहरुसँग आफुले भेटघाट गरेर रणनीतिक बिषयमा छलफल भएको मन्त्री बस्नेतले बताए । अर्को प्रसंगमा मन्त्री बस्नेतले आगामी महिना हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण पूर्वि एशिया क्षेत्रका लागि क्षेत्रीय निर्देशकको उम्मेदवार बनेका नेपालका जनस्वास्थ्य विज्ञ डा. शम्भु आचार्यका पक्षमा नेपाल सरकारको प्रतिनिधिका रुपमा र स्वास्थ्य मन्त्रीका हैसियलले सरोकारवाला देशका स्वास्थ्य मन्त्रीहरुसँग लबिङ गरेको जानकारी दिए ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार