स्वास्थ्य सम्बन्धि जानकारी लिन मोबाइल एप “मेरो पोषण साथी” मन्त्री बस्नेतद्वारा शुभारम्भ

स्वास्थ्य मन्त्री बस्नेतद्वारा ‘ मेरो पोषण साथी ’ मोबाइल एप र डिजिटल पुस्तकालयको शुभारम्भ

  जन्मभूमि संवाददाता

काठमाडौं,
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पोषण सम्बन्धी जानकारी प्रदान गर्ने ‘ मेरो पोषण साथी ’ मोबाइल एप र डिजिटल पुस्तकालय तथा श्रोत केन्द्रको शुभारम्भ गरेका छन् । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महासाखाले अमेरिकी विकास नियोग ( युएसएआइडी) र सुआहाराको सहकार्यमा आईतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले ‘ मेरो पोषण साथी ’ मोबाइल एप र डिजिटल पुस्तकालय तथा श्रोत केन्द्रको शुभारम्भ गरेका हुन् । उक्त मोवाइल एपले गर्भवती तथा सुत्केरी महिला, २ वर्ष मुनिका बालबालिकाका आमाबाबु वा स्याहारकर्ताहरुलाई स्याहार, खानपान र स्वास्थ्य सेवाको उपभोग सम्बन्धी सामयिक र उपयोगी जानकारी प्रदान गर्दछ । कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले नेपालीको पोषण अवस्थामा सुधार ल्याउन ‘ मेरो पोषण साथी ’ मोबाइल एप उपयोगी हुने बताए ।

मन्त्री बस्नेतले भने, ‘स्वास्थ्यका विषयहरु सम्बोधन गर्न जरुरी छ र त्यसको लागि यो मोबाइल एप एउटा प्रयास मात्र हो । बच्चालाई आमाको दूध चाहिन्छ किनकि त्यसमा पौष्टिक तत्व हुन्छ । तर आमाको दूध राम्रोसँग आउनको लागि आमाले पनि पौष्टिक खानेकुरा खानुपर्ने हुन्छ । यो एपले कम्तिमा त्यसप्रति पनि चेतना जगाएर सहयोग गर्नेछ ।’ मन्त्री बस्नेतले सरकार र दातृ निकायले गरिरहेको लगानी वास्तविक उपभोक्तासम्म पुगिरहेको छ कि छैन भन्ने कुरामा समेत ध्यान दिन सरोकारवाला निकायलाई निर्देशन दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईले स्वास्थ्य सबैको नागरिकको मौलिक हक भएको र यो एपले समग्र स्वास्थ्य अवस्थामा नै बहुआयामिक प्रभाव पार्ने बताइन ।
कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. संगिता मिश्रले सबै नागरिकलाई एक्ला एक्लै परामर्श दिन सम्भव नभएको अवस्थामा यो एपले निरन्तर परामर्श र आवश्यक जानकारी प्रदान गर्न सजिलो बनाएको धारणा राखिन ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले यो एपले अन्य स्वास्थ्य सेवाहरू जस्तैः गर्भावस्था र प्रसवपछिको हेरचाह, बालबालिका र आमाको खानपान, परिवार योजना तथा वृद्धि अनुगमन जस्ता विषयमा निर्णय लिन नयाँ आमाबाबु र तिनका परिवारलाई सघाउने विश्वास व्यक्त गरे ।


परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लालले सबै नागरिकसम्म स्वास्थ्य र पोषणसम्बन्धी महत्वपुर्ण र उपयोगी जानकारी पुर्याउन महाशाखाले मोबाइल एप र डिजिटल लाइब्रेरीको सुरुवात गरेको बताए । उनले ७३ प्रतिसत नेपालीको हातमा मोवाइल पुगेकाले मोवाइलको माध्यमबाट सूचना पु्र्याउन सहज र प्रभावकारी हुने भएकाले एप उपयोगी हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै अमेरिकी विकास नियोग युएसएआइडीकी स्वास्थ्य निर्देशक प्याटरिसिया मेङगेचले यो एपले युवायुवती, विशेष गरी पहिलोपटक आमा बन्दै गरेका महिलाहरुलाई आफ्नो र बच्चाको स्वास्थ्य र पोषणबारे सुसूचित निर्णय लिन सशक्त बनाउने बताइन । उनले भनिन, ‘ नेपाल सरकारको नीति र रणनीतिमा उल्लेख गरिएको प्राथमिकताहरू अनुरूप नै मोबाइल एप र डिजिटल लाइब्रेरी निर्माणमा सहयोग गरिएको हो । यो सहकार्यले नेपालको स्वास्थ्य र पोषणमा युएसएआईडीको प्रतिवद्धतालाई पुनः पुष्टि गरेको छ र नेपाल सरकारका यस्ता प्रयासलाई प्रभावकारी बनाउन युएसएआईडीले सधैं हातेमालो गर्नेछ । ’

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार