बाह्रबिसेले हलगोरु पाल्ने ७०० कृषकलाई नगद १० हजारका दरले अनुदान दिन सुरु

हलगोरु पाल्ने किसानलाई नगद १० हजारका दरले अनुदान

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
स्थानीय सरकारले कृषि क्षेत्रलाई प्रबर्द्धन गर्ने विभिन्न कार्यक्रम ल्याउँदै गर्दा बाह्रबिसे नगरपालिकाले भनें हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन स्वरुप नगद रु. १० हजारका दरले अनुदान वितरण गरेको छ । नगर भित्र पाल्दै आएको ७०० हल गोरुलाई नगरले ७० लाख बराबर बजेट छुट्याएर अनुदान वितरणको सुरुवात गरेको हो ।

परम्परागत कृषि खेती एवं गोरु पाल्ने कार्य नै लोप हुने अवस्थामा पुगेकोले त्यसलाई जोगाउन यस्तो कार्यक्रम ल्याएको नगर प्रमुख बालकृष्ण बस्नेतले बताए । त्यस्तै बस्नेतका अनुसार गोरु पालनबाट कम्पोस्ट मल उत्पादन हुने हुँदा अर्गानिक खेतीका लागि समेत सहयोग पुग्ने धारणा प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा माननीय मोहनबहादुर बस्नेत उपस्थित हुनुभएको थियो । उहाँले खेतमा आफैंले गोरु समेत जोत्नुभयो । त्यस पश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले भन्नुभयो, “गाउँघरमा आजकाल भैंसी, राँगा, गाई र गोरु पाल्न छाडीसकेको छ, पशु पालन गर्न छाड्ने अनि रासायनिक मल पाएन भनेंर चिन्ता लिने काम राम्रो हैन । गोरु पाले कम्पोस्ट मल पनि हुने, आफ्नो बारी पनि जोत्ने अनि अर्गानिक उत्पादन पनि गर्न सकिने भएकोले फाइदै फाइदा छ ।” उनका अनुसार आधुनिक कृषि भन्दै हाल ट्याक्टर वितरण गर्दै आएको देखिए पनि यो अत्यन्तै झन्झटिलो, खर्चिलो र भौगोलिक रुपमा उपयुक्त नभएको बताउनुभयो ।

त्यस्तै, उपप्रमुख मञ्जु तामाङले ट्याक्टरको लागि नटबोल्ट, इन्धन, अन्य सामाग्री किन्नु पर्दा हाम्रो पैसा सबै बिदेशीने भएकोले हलगोरु प्रयोग गर्दा हाम्रो पैसा हाम्रै गाउँघरमा बस्ने उनको धारणा थियो ।

यसरी हलगोरु पालेका कृषकहरु नगद अनुदान पाएपछि निकै खुशी देखिन्थे । नगरपालिकाले अनुदान संगै गोरुको बिमा समेत गरिदिएकोमा उनिहरु ढुक्क साथ अब हलगोरु पाल्ने बताउँछन् । यस्तो खालेको कार्यक्रम स्थानीय सरकारले गर्दा लोप हुँदै गएको गोरु पालन तर्फ पुनः आकर्षित हुने देखिन्छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार