पर्यटकीय क्षेत्र सुकुटे र सुनकोसी नदि जोगाउन सरसफाइ अभियान (भिडियो रिपोर्ट सहित)

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
सिन्धुपाल्चोकको सुकुटे क्षेत्र र सुनकोसी नदि आसपास पर्यटन प्रबर्द्धनका लागि सरसफाइ अभियान सञ्चालन गरेका छन् । रिभर क्लिन अप अर्गनाइजेसन (River Clean Up Organization), लेट्स क्लिन अप नेपाल (Lets Clean Up Nepal) र सिन्धु पर्यटन व्यवसायी संघको संयुक्त प्रयासमा विभिन्न स्थानिय क्लबहरु समेतको साथ सहयोगमा सरसफाइ कार्यक्रम सञ्चालन भएको हो। कार्यक्रममा चौसागढी नगर प्रमुख, बलेफी गाउँपालिका उपाध्यक्ष लगायत अन्य जनप्रतिनिधिहरु समेत उपस्थित भएका थिए। सरसफाइ कार्यक्रम बलेफी बजार, भैंसे बजार, सुकुटे बजार र अरनिको राजमार्ग आसपास गरिएको छ।

सुकुटे पर्यटकीय स्थलको रुपमा चिरपरिचीत ठाउँ हो। यहाँ थकान र तनाव भएको बेला धेरैजसो आराम र मनोरञ्जनका लागि पुग्ने गर्दछन् । विशेष गरि यो ठाउँ सहासिक खेल र्याफ्टिङका लागि बिश्वकै ७ औं उत्कृष्ट स्थानमा पर्ने भएकोले आकर्षणको केन्द्रकै रुपमा लिइन्छ।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने ठाउँ बिस्तारै फोहोरको डंगुरले दुषित हुँदा व्यवसायीहरुका लागि भनें निकै चुनौती थपिएको छ।

कार्यक्रम आयोजना गरेका संस्थाहरुले नदि र बजार क्षेत्र सफा राख्न सके मात्र यहाँको पर्यटन जोगिने भएकोले बेलाबेला यस्तो अभियान गर्दै आएको बताए। साथै यस क्षेत्रको फोहोरलाई तह लगाउन चाँडै डम्पिङ साइटको व्यवस्थापन गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई समेत आह्वान गरिएको छ।

काठमाडौंबाट नजिकको पर्यटकीय आकर्षणको केन्द्र सुकुटे क्षेत्रमा दर्जन बढी रिसोर्ट सञ्चालनमा छन् । यी रिसोर्टहरुमा सयौंले रोजगारी पाएका छन् भनें धेरैको रोजिरोटी यहि बनेको छ। यहाँको व्यवसायलाई जोगाउन नदिमा फोहोर फाल्न रोकेर सम्बन्धित सबैले सरसफाइमा ध्यान दिन जरुरी छ। अन्यथा बिस्तारै पर्यटकिय स्थलको रुपमा चिनिएको सुकुटे नाम बिलिन हुन समय लाग्दैन कि ?

भिडियो रिपोर्ट ; 

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार