स्थलगत मार्ग अवरुद्ध भएपछि हेलम्बुमा आजबाट हेलि मार्फत नै राहत पुर्‍याईयो

  प्रीतम कुमार तामाङ

काठमाडौं
आज पुर्व मन्त्री नेपाली काङ्रेस केन्द्रिय सदस्य खेलकुद विभाग प्रमुख नेपाली काङ्ग्रेस दैविप्रकोप तथा बिपद व्यवस्थापन समिती संयोजक मोहन बहादुर बस्नेतको पहलमा नेपाल आर्मीको हेली मार्फत राहत स्वरुप खाद्य सामाग्री तथा लत्ताकपडाहरु हेलम्बु पठाउनु भएको छ ।

त्यस्तैगरी, आजै हेलम्बु बाढी पिडितलाई प्रत्यक्ष राहत पुर्‍याउने शिलशिलामा नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक जिल्ला सदस्य मेलम्ची नगरपालिका वडा नं ३ का वडा अध्यक्ष युवाहरुका ढुकढुकी वसन्त गुरुङ, नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका युवा नेता मेलम्ची नगरपालिका वडा नं ४ का निर्वाचित वडा सदस्य समीर लामा, नेपाली काङ्ग्रेस सिन्धुपाल्चोका युवा नेताहरु राजु गुरुङ, अमृत लामा, मनोज लामाको समन्वयमा नेपाली चलचित्र क्षेत्रकी प्रख्यात नायिका स्वेता खड्का र हाम्रो टिम नेपाल संस्थाको विशेष सहयोगमा हेलम्बुमा पुरै बाटो अबरुद्ध भएको र कुनै पनि उचित राहत नपुगेको अवस्थामा ५ पटक सम्म प्राईभेट हेलि प्रयोग गरि हेलम्बुका तिम्बु, हल्दे, सेर्काथली, चालिसे लगायतका ठाउँमा हेलि अवतरण गराई अत्यावश्यक १०० बोरा चामल , दाल, तेल, नुन लगायतका खाद्य सामाग्री संगै ब्लाकेट, सिरक, डसना लगायतका लत्ताकपडा पुर्‍याई थोरै भए पनि पिडितहरुको घाउमा मलम पट्टी लगाउने काम भएको छ ।

गत मंगलबार बेलुका ६ बजे तिर देखि भीषण पहिरोका कारण ईन्द्रावती खोलामा आएको बाढिले हेलम्बुका अधिकांश स्थानका भौतिक संरचनाका साथै मेलम्चीका ४४ घर पुर्ण क्षति भएको छ । जसले गर्दा हजारौं प्रभावित अनि विस्थापित भएको छ । यति बेला विस्थापित पीडितहरु गास, बास, कपासको पर्खाईमा दिन गुज्रिरहेका छन् । उनिहरु सम्म सहज तरिकाले आवश्यक राहत पुर्याउन सडक संजाल भत्किएका कारण असम्भव जस्तै भएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार