माओवादी केन्द्रको सक्रियतामा स्वास्थ्य सामग्री वितरण

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
जिल्लाका क्षेत्र नं. १ भित्र पर्ने ५४ वटा वडाहरुमा सभामुख अग्नि सापकोटाको समन्वय र माओवादी केन्द्रको सक्रियतामा विभिन्न स्वास्थ्य सामाग्री सहित आइसोलेसनका बिरामीहरुलाई फलफुल वितरण गरिएको छ । पिपिई सेट,N95 मास्क, सर्जिकल मास्क, थर्मल गन, अक्सोमिटर,थर्मोमिटर, सेनिटाईजर आदी सामाग्रीहरु ने.क.पा ( माओवादी–केन्द्र ) कोभिड स्वास्थ्य इकाई मार्फत वितरण हुने गरि व्यवस्थापन मिलाईएको जानकारी माओवादी केेेन्द्र श्रोतबाट प्राप्त भएको छ ।

नागरिकको साथमा हामी भन्ने नारा सहित जिल्लाका स्थानीय तहका विभिन्न स्थानहरुमा निर्माण गरिएका आइसोलेसन सेन्टर र कोभिड उपचार केन्द्रमा उपचारत संक्रमितहरुका लागि फलफूल र उपचारमा संलग्नहरुका लागि बिभिन्न प्रकारका स्वास्थ्य सामग्रीहरु कोभिड सेन्टरहरुमा पुगेर हस्तान्तरण गरिएको छ भने अन्य सामग्री स्वास्थ्य चौकी र अस्पतालमा पठाईएको छ ।

माओवादी केन्द्रले कोभिडबाट संक्रमित भई उपचारमा रहनु भएका सम्पूर्ण विरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
साथै सम्पूर्ण सामग्रीको वितरण तथा व्यवस्थापनमा सहयोग गरेका र कोभिड व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी लगायत सबैमा धन्यवाद समेत व्यक्त गरेका छन् ।

हस्तान्तरण कार्यक्रममा केन्द्रिय सदस्य माधव सापकोटा (सुबोध), जनसाँस्कृतिक मञ्चका केन्द्रिय अध्यक्ष सरल सहयात्री, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका सचीव एवं माओवादी केन्द्रका वाणिज्य संघ जिल्ला अध्यक्ष ईश्वर गुभाजु, जुगल गाउँ पालिका अध्यक्ष होमनारायण श्रेष्ठ, बलेफी गाउँ पालिका उपाध्यक्ष कमला कायस्थ, माओवादी केन्द्र जिल्ला सदस्य एवं नेपाल तामाङ घेदुङ जिल्ला अध्यक्ष रेशम स्याङ्बो, जुगल गाउँ कमिटी अध्यक्ष पदम बहादुर श्रेष्ठ (आक्रोश) लगायतको उपस्थिति रहेको थियो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार