“४ वर्षको बिकास बजेट लाल सलाम र अभिवादन गर्दै आफ्नै गोजिको जसरी स्वाह: पारे” युवा नेता रामकुमार तामाङ (नेपाली काँग्रेस)

काठमाडौं
स्थानीय सरकार निर्वाचित भएको ४ वर्ष पूरा भैसकेको सन्दर्भमा बलेफी गाउँ पालिका नेपाली काँग्रेसका अध्यक्षका प्रत्यासी उम्मेदवार एवं नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ का उपसभापति रामकुमार तामाङले स्थानीय सरकारमा आएको ४ वर्षको बिकास बजेट निर्वाचित जनप्रतिनिधिहरुले स्वाह पारेको अभिव्यक्ती दिनुभएको छ । उहाँले नेकपा एमाले र माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरु तर्फ इंगित गर्दै “लाल सलाम र अभिवादनहरुले अधिकांश स्थानीय तहमा आउने बिकास बजेट नैतिकता लिलाम गरेर गोजि भर्ने काम गरे” भन्नू भएको छ ।

तामाङले आफ्नो फेसबुक स्टाटसमा जनताले स्थानीय सरकार पाउने बित्तिकै सुशासन, बिकास, भ्रष्टाचार मुक्त स्थानीय सरकार अनि अराजक मुक्त समाजको कल्पना गरेकोमा त्यो सपना जस्तै तुहिएको उल्लेख गर्नुभएको छ । उहाँले लेख्नुभएको छ “जो बिकासको लागि, भ्रष्टाचार विरुद्धको लागि र समाजको लागि केही गर्छु भनेंर लागेको व्यक्तिलाई छाडेर कालोसूचीमा परेको व्यक्तिलाई चुनिनु नै बलेफिको जनताको ठूलो भुल भयो ।” अब यो भुललाई सच्याउने मौका १ वर्ष बाँकी रहेको जनाउँदै अहिले सम्म स्थानीय सरकारले गरेको भ्रष्टाचारको एकएक हिसाब सम्पुर्ण जनताले माग्न सके मात्रै बलेफी गाउँ पालिकाको मात्र नभै सम्पुर्ण स्थानीय तहको बिकास हुने उहाँको तर्क रहेकोछ ।

उहाँका अनुसार निर्वाचित जनप्रतिनिधि कुनै समूह या पार्टीको मात्र नभै सिंगो समुदाय र जनताको अभिभावक हुनुपर्ने र सम्पुर्ण बिकासको आयोजनाको स्पष्ट अनुगमनकर्ता हुनुपर्नेमा ठिक उल्टो भ्रष्टाचारको नाईके र कार्यकर्ता पोषाउने घिन लाग्दो खेलमा लागेको आरोप लगाउनुभएको छ । सम्पुर्ण समुदाय प्रती लक्षित गर्दै उहाँले भन्नू भएको छ, “सम्पुर्ण आमाबुबा, दाजुभाई, दिदिबहिनी अनि इष्टमित्रहरु, के अब यस्तै व्यक्तिलाई हामी चुन्दै बस्ने हो ?” हामी हाम्रै गाउँ ठाउँ वर्षौं वर्ष पिछाडीएको चुपचाप हेरेरै बस्ने हो ?”

उहाँको वालबाट जस्ताको त्यस्तै साभार ;
स्थानीय तहको चुनाव सकिएको ४ वर्ष वितिसकेछन् । आज ४ वर्षमा निर्वाचित जनप्रतिनिधिहरुले के गरे ? कस्तो काम गरे ? भनेंर खोजी गर्यो भनें खै के भेटिन्छ होला त्यो त सबै जनतालाई थाहा हुनैपर्ने कुरा हो । मेरो नजरबाट हेर्दा स्थानीय सरकारमा भ्रष्टाचार, अराजकता, बेथिती अनि अनियमितताको भण्डार मात्र देख्छु । धेरै स्थानीय तह नेकपा एमाले र माओवादी केन्द्रबाट जितेका छन् । उनिहरुले हाल सम्मको स्थिती हेर्दा लाल सलाम र अभिवादन गर्दै करोडौं स्वाह पारेको स्पष्ट छ । बिकास शून्य छ, भ्रष्टाचार मौलाएको छ, बजेटको काम कार्याकर्ता पोषाउने काम मात्र भएको छ । यहाँ सम्म कि गत वर्ष कोरोना कहरको बेला आफू खुसी खर्च गरिएको हिसाबकिताब अनि त्यो बेलाको कोरोना रोकथामको लागि बनाईएको आइसोलेसन, क्वारेन्टाईनको सामाग्रीहरु कता छन् त्यो उहाँहरुलाई नै थाहा होला । आज दोश्रो चरणको कोरोना रोकथामको लागि ती सामाग्रीहरु के प्रयोग भए ? या उहिल्यै बेचेर खाईसक्यो त्यसको स्पष्ट हिसाबकिताब खोज्नै पर्ने भएको छ । जनताले स्थानीय सरकार पाउने बित्तिकै सुशासन, बिकास, भ्रष्टाचार मुक्त स्थानीय सरकार अनि अराजक मुक्त समाजको कल्पना नगरेको पक्कै होईन तर आज त्यो सपना जस्तै तुहिएको छ । “जो बिकासको लागि, भ्रष्टाचार विरुद्धको लागि र समाजको लागि केही गर्छु भनेंर लागेको व्यक्तिलाई छाडेर कालोसूचीमा परेको व्यक्तिलाई चुनिनु हाम्रो बलेफीको जनताको ठूलो भुल हैन र ? अब यो भुललाई सच्याउने मौका १ वर्ष बाँकी रहेकोले अहिले सम्म स्थानीय सरकारले गरेको भ्रष्टाचारको एकएक हिसाब सम्पुर्ण जनताले माग्न सके बलेफी गाउँ पालिकाको मात्र नभै सम्पुर्ण स्थानीय तहको बिकास हुनेछ । यहाँ त निर्वाचित जनप्रतिनिधि कुनै समूह या पार्टीको मात्र भएको छ । जनप्रतिनिधि भनेंको सिंगो समुदाय र जनताको अभिभावक हुनुपर्ने र सम्पुर्ण बिकासको आयोजनाको स्पष्ट अनुगमनकर्ता हुनुपर्ने हैन र ? तर त्यसको ठिक उल्टो भ्रष्टाचारको नाईके, कमिसनमा कार्यकर्ता पोषाउँदै गोजि भर्ने घिन लाग्दो खेलमा लागेका छन् । म सम्पुर्ण आमाबुबा, दाजुभाई, दिदिबहिनी अनि इष्टमित्रहरुलाई भन्न चहान्छु के अब यस्तै व्यक्तिलाई हामी चुन्दै बस्ने हो ? हामी हाम्रै गाउँ ठाउँ वर्षौं वर्ष पिछाडीएको चुपचाप हेरेरै बस्ने हो ?” यदि हामी हाम्रो ठाउँलाई बिकास तर्फ लाने हो भने आउनुस् हातेमालो गरौं र भ्रष्टाचार, बेथिती, अराजकताको विरुद्धमा एकता गर्दै हाललाई कोभिड-१९ बाट सुरक्षित भै समय सामान्य भएपछी छलफलको माध्यमबाट बिकास तर्फ अघि बढौँ ।

रामकुमार तामाङ (नेपाली काँग्रेस बलेफी गाउँ पालिका प्रत्यासी उम्मेद्वार तथा नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ क्षेत्रीय उपसभापती)

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार