स्थानीय सरकारले वास्ता नगर्दा भोटेकोसी लिस्तिमा PPR रोगबाट लाखौंको बाख्रा सखाप

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक, भोटेकोसी
सिन्धुपालचोक भोटेकोसी गाउँ पालिका वडा नं. १ लिस्तिमा PPR नामक रोगबाट लाखौंको बाख्रा मरेको छ । सन्तोष कृषि तथा पशु फार्म तथा नेवा कृषि फार्ममा व्यवसायिक ढंगले पालन गरेको उन्नत जातका बाख्राहरु
करिब ३० वटा बाख्रा मरिसकेको वडा अध्यक्ष मुके शेर्पाले जानकारी दिनुभयो ।

फार्मका सन्चालक बिनोद प्रधानले भावुक हुँदै जन्मभूमि पोष्ट संग गरिएको कुराकानीको क्रममा “बिदेशमा वर्षौं काम गरेर बिदेशीको हेपाई सहेर आफ्नै देशमा केही गर्छु भनेंर आएको सपना सबै चकनाचुर हुने अवस्था आयो । ७ महिना अघि देखि गाउँ पालिका पशु तथा कृषि शाखालाई PPR रोगको खोपको लागि पटकपटक आग्रह गर्दा समेत कुनै चासो दिएनन् । जुन खोप नि:शुल्क सरकारबाट अनुदान स्वरुप पाउने भएपनि उपलब्ध नगराएको कारण लाखौं को बाख्रा क्षति हुन पुग्यो।” गाउँ पालिकाले खोप आको छैन, आउँदैछ भनेंर झुक्याएको आरोप उहाँले लगाउनुभएको छ । गाउँ मै युवाहरुको लागि नमुना कार्य गरेर देखाउने ठूलो योजनाका साथ अघि बढिरहेको बेला सम्बन्धित निकायले समयमा नै चासो नदिएपछि आफुहरु हतोत्साहित र दुखी भएको गुनासो गरे ।

करिब ५५ लाख लागतमा खोलिएको फार्ममा १५० विभिन्न प्रजातीका बाख्रा रहेकोमा ५०-६० बाख्रामा सो रोगले च्यापिसकेको र अन्यलाई बचाउन सकिन्छ कि भनेर सुरक्षित स्थानमा सार्ने काम भैरहेको उहाँले सुनाए । महंगो मूल्य तिरेर ५० जति बाख्रालाई भनें PPR को खोप लगाइसकेकोले सो बाख्राहरु भनें स्वस्थ नै रहेको छ, यदि सबैलाई समयमा नै लगाउन सकेको भए यत्रो क्षति हुने थिएन” प्रधानले भन्नू भयो ।

सन्चालक प्रधानका अनुसार केही दिन अघि अज्ञात रोगका कारण एउटा बाख्रा मरेपछि त्यसलाई र अर्को एउटा बिरामी बाख्रा लगेर पशु अस्पताल त्रीपुरेश्वरमा चेकजाँच अनि पोष्ट मार्टम गर्दा PPR नामक बाख्रामा लाग्ने सरुवा रोग रहेको पत्ता लागेको थियो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार