उद्योग वाणिज्य संघ सि.पा.द्वारा जिल्लाका जनप्रतिनिधिहरुलाई वदाई तथा सम्मान

  प्रीतम कुमार तामाङ

उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकद्वारा आज जिल्लाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई वदाई तथा शुभकामना ज्ञापन गरेका छन् । जिल्ला समन्वय समिती सिन्धुपाल्चोकका सभापति बालकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष राजकुमार बस्नेतको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु उपस्थित हुनुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राजकुमार बस्नेतले संघले कोरोना, बाढी पहिरो लगायत प्राकृतिक विपत्तिका बेला पुर्याएको योगदानको बारेमा बोल्नुभएको छ । उहाँले उद्योग वाणिज्य संघ व्यापार, व्यवसायमा मात्र नभै सामाजिक कार्यमा समेत निरन्तर लाग्दै आएको जिकिर गर्नुभयो ।

यसै अवसरमा संघका सदस्य व्यापारी बलेफी ७ का विदुर खड्कालाई नगद सहयोग समेत गरेका छन् । खड्काको गत जेठ ८ गते राती भीषण आगालागीले गर्दा करोडौंको व्यवसाय र निवासमा क्षति पुगेको थियो । संघको तर्फबाट एकमुष्ट संकलित सहयोग रकम रु. ५ लाख ४६ हजार ५५५ रुपैयाँ उहाँलाई संघको तर्फबाट आजै व्यवसाय पुनःस्थापनका लागि सानो सहयोग स्वरुप हस्तान्तरण गर्नुभएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार