युवा पर्यटन व्यवसायी लामा पर्यटन बोर्डको सदस्यमा नियुक्त

काठमाडौं
एमडी ग्रुुपका अध्यक्ष युवा पर्यटन व्यवसायी लिला लामा नेपाल पर्यटन बोर्ड संचालक समिति सदस्यमा नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले सफल पर्यटन व्यवसायी लामालाई नियुक्ति दिएका हुन् ।
दुुई दशकदेखि पर्यटन उद्योगमा क्रियाशिल लामाले अन्तर्राष्ट्रिय उडानमा ‘हाम्रो टिकट’ कम्पनी समेत सञ्चालन गर्दै आएका छन् ।
उनी एमडी होलिडे प्रालिका सञ्चालक समेत हुन् । लामाले एमडी एडभेन्चर ट्राभल एण्ड टुर प्रालि समेत सञ्चालन गर्दै आएका छन्।

पर्यटन क्षेत्रमा करोडौ लगानी गरेका लामाले नेपालको पर्यटन क्षेत्रमा नयाँ ढंगले काम गर्ने सक्षिप्त जानकारी दिएका छन् । नेपाल पर्यटन बोर्डलाई आफ्नो पक्षबाट अझ सबल र शसक्त बनाउने गरी काम गर्ने उनको दावी छ ।
लामासँगै अर्को पर्यटन व्यवसायी मदन कुमार आचार्यलाई पनि नियुक्ति दिइएको छ । पर्यटन मन्त्रालयका सहसचिव होमनाथ लुइटेलको संयोजकत्वमा नेपाल पर्वतारोहण संघको उपाध्यक्ष माया शेर्पा र राजेन्द्र सापकोटा सदस्य रहेको सिफारिस समितिले उनीहरुको नाम पठाएका थिए ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार