सिन्धु बिकास बैंकको शाखा अब सुकुटेमा पनि

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
सुकुटेमा सिन्धु बिकास बैंकको शाखा खुलेको छ । चौतारा साँगचोकगढी नगरपालिका–१० मा असार २७ गते शाखा कार्यालय उद्घाटन गरिएको हो । उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीले शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

२०७१ फागुन २९ गतेबाट सुकुटेमा सीमित बैंकिङ इकाई कार्यालयलाई स्त्तरबृद्धि गर्दै शाखा शाखा सूचारु गरिएको हो ।

सुकुटे शाखासंगै उक्त बैंकको सिन्धुपाल्चोक, दोलखा, काभे्रपलाञ्चोक, मकवानपुर, चितवान गरी २५ वटा शाखा र एक सीमित बैंकिङ इकाई कार्यालय संचालनमा रहेको कार्यकारी अधिकृत गिरीले जानकारी दिनु भयो । ग्रामीण भेगमा बैंकिङ सेवा बिस्तार गरी सर्वसाधारणलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आएको उहाँले बताउनु भयो । २०६७ भदौ २४ गते सिन्धुपाल्चोकका उद्योगी, ब्यापारी, ब्यबसायी र सामाजिक ब्यक्तित्वहरुको लगानीमा सो बैंक स्थापना भएको थियो ।

उक्त बैंकले सिन्धुपाल्चोक लगायतका अन्य जिल्लाका ग्रामीण भेगका नागरिकलाई सहजरुपमा प्रभावकारी सेवा उपलब्ध गराउदैं आएको खाडीचौर शाखाका प्रबन्धक जीवन श्रेष्ठले बताउनु भयो । घरदैलोमा बैकिङ सेवा आएपछि स्थानीयहरु हर्षित भएको सुकुटेका भगवान पाठकले बताउनु भयो ।

बैंकले हाल रहेको प्रतिस्पर्धात्मक बजारमा ग्राहकहरुको सुबिधाका लागि सम्पूर्ण शाखा कार्यालयहरुबाट बिभिन्न रेमिटान्स, मोबाइल बैंकिङ, एससीटी डेबिट कार्ड, एसएमएस बैंकिङ, किउआर कोर्ड, सी–एएसबीए लगायत आइपीएस, कनेक्ट आइपीएस सेवाहरु प्रदान गर्दे आएको प्रबन्धक श्रेष्ठले जानकारी दिनु भएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार