युवा व्यवसायी, शालीन व्यक्तित्व इन्द्र राउतद्वारा दृतिय उपाध्यक्षमा भोट अपिल

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
जिल्लाको ११ औं उद्योग वाणिज्य संघको अधिवेशन यहि चैत्र १० गते बाह्रबिसेमा सम्पन्न हुँदै छ। यसै सिलसिलामा संघको दृतिय उपाध्यक्ष पदमा युवा व्यवसायी, शालीन व्यक्तित्व इन्द्र बहादुर राउतले उम्मेदवारी दिनुभएको छ। उहाँको क्रम संख्या १ रहेको छ।

विगत लगभग २० वर्षदेखि आयत निर्यात व्यवसायमा आवद्ध उहाँ जिल्लाका व्यवसायीहरु माझ चिरपरिचित छन्। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको आजीजन सदस्य भई संघ र जिल्लाभरका सबै खाले साना, मझौला, ठूला ब्यापारी ब्यबसायी, उद्योगीहरुका पक्षमा काम गर्दै आएका, उत्तरी सीमा नाकाहरुबाट सहजरुपमा आयात–निर्यातका वातावरण तयार हुनु पर्छ भन्ने बारे निरन्तर लाग्दै आएका युवा ब्यबसायी इन्द्र राउतले संघको दृतिय उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

तातोपानी नाका, रसुवा नाकाबाट आयात–निर्यात बढाउन, कोदारी राजमार्गको स्त्तरबृद्धि गराउनका लागि सरकारी ढोका ढकढक्याउन, साना, मझौला, ठूला ब्यापारी, ब्यबसायी, उद्योगीहरुको ब्यबसायिक समस्या समाधान गर्न, जिल्लालाई कृषि, ब्यापार, ब्यबसाय, पर्यटन, लघु उद्यम लगायतका क्षेत्रबाट समृद्ध बनाउनका लागि आफूले उपाध्यक्ष पदमा उम्मेदवारी राउतको भनाई छ ।

भूकम्पले ध्वस्त नाकाहरुलाई बर्तमान अबस्थालाई बिस्तारै लयमा फर्काउन, नाका आबद्ध ब्यापारी, ब्यबसायी, उद्योगी पलायन हुनबाट जोगाउन, ब्यापारिक कार्यलाई पूर्ण सुरक्षाका वातावरण बनाउन, ब्यापारिक कारोबारबाट मुलुकको अर्थतन्त्र सुधार गर्न, आत्मनिर्भर ब्यबसायी बनाउन उपाध्यक्षका उम्मेदवार रहेको राउतले बताएका छन् । संघले जिल्लालाई आर्थिक गतिबिधिबाटै समृद्ध बनाउनेमा आफूसंग बिभिन्न योजना रहेको पनि उनले बताए । ब्यापार ब्यबसाय, लघु उद्यम, ठूला उद्योग, कलकारखाना जस्ता कार्य बढाउदै जिल्लाबासीलाई आर्थिक रुपमा सम्पन्न बनाउने एजेण्डा अनुसार काम गर्ने राउतको दाबी छ ।

इन्द्र बाह्रबिसे नगरपालिका–४ का स्थायी बासिन्दा हुन् । एक दशक बढी समय उनी तातोपानी, रसुवा नाका आबद्ध भई ब्यापार, ब्यबसायमा लागि मुलकको अर्थतन्त्रमा टेवा पुर्याईरहेका छन् । ब्यापार ब्यबसायका अलवा राउतले बिभिन्न सामाजिक कार्य, बिकास निमार्णका काम, बिभिन्न ब्यक्तिलाई रोजगार दिलाउदै आईरहेका छन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार