सिभिल बैंक बाह्रबिसेले १२ औं वार्षिकोत्सबको अवसरमा छात्रवृत्ति बितरण

सिभिल बैंकको १२ औं वार्षिकोत्सबमा १२ वटै कार्यक्रम, बाह्रबिसे शाखाले छात्रवृत्ति प्रदान

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
सिभिल बैंकको देशभरका शाखाहरुले १२ औं वार्षिकोत्सबको अवसरमा १२ वटै कार्यक्रमको आयोजना गरि मनाएको छ । वार्षिकोत्सवको अवसरमा बाह्रविसे शाखाद्धारा भनें आईतबार छात्रवृद्धि प्रदान गरेको छ । बाह्रविसे न.पा. वडा नं. ९, स्थित श्री सिन्धु बहिरा आधारभुत विद्यालयमा अध्ययनरत कक्षा ६ की छात्रा विलक्ष्मी थामीलाई बैंकले छात्रावृद्धि प्रदान गरेको बैंकको अपरेशन इन्चार्ज दुर्गा श्रेष्ठले जानकारी दिनुभयो ।

शिक्षाको उज्यालो घामबाट कुनै पनि विद्यार्थी बञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ विपन्न तथा जेहेन्दार छात्रालाई बैंकको आफ्नो वार्षिकोत्सवको अवसरमा छात्रवृद्धि प्रदान गरेको बाह्रविसे शाखाको शाखा प्रमुख रहर सिं तामाङले जानकारी दिनुभयो । बैंकले यस अघिको वार्षिकोत्सवमा पनि विभिन्न सामाजिक कार्य अन्तरगतको काम गरेको र यस वर्ष पनि छात्रवृद्धि प्रदान गरी आफ्नो वार्षिकोत्सव मनाएको उहाँले बताउनु भयो ।

सोही अवसरमा विद्यालयकी प्रधानाध्यपक मैना कार्कीले आफ्नो विद्यालयको छात्रालाई छनौट गरी बैंकले छात्रावृद्धि प्रदान गरेकोमा आफु निकै हर्षित भएको धारणा राखेकी थिइन भने सहभागी विद्यार्थीहरुलाई शिक्षिका सृजना रन्जितकारले सांकेतिक माध्यमबाट कार्यक्रमको विषयमा प्रष्ट पारिएकोे थियो ।

सिभिल बैैकले आफु बाह्रौं वार्षिकोत्सवसम्म आईपुग्दा करिव ९५.२३ अर्व निक्षेप संकलन गरी करिव ८७.४० अर्व ऋण लगानी गरेको छ । बैंकले यस आर्थिक वर्षको प्रथम त्रैमासमा ४१.५१ करोड खुद मुनाफा कमाउन सफल भएको छ । बैंकले हाल ११५ वटा शाखा, १३ वटा एक्सटेन्सन काउण्टर तथा १०२ वटा एटिएम मार्फत सेवा प्रदान गरिदै आएको छ ।

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार