काठमाडौं
नेपाल तामाङ घेदुङको ९ औं संघीय महाधिवेशनको तोकिएको मिति केही दिन मात्र बाँकी रहँदा स्थगित गरेको छ । चैत्र २७, २८ र २९ गतेको लागि तयारी भैरहेको महाधिवेशन नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले चैत्र ११ गते जारी बिज्ञप्तीमा सभा, जुलुस भिडभाड गर्न निषेध गरिएकोले स्थगित गरिएको घेदुङको बिज्ञप्तिमा उल्लेख छ ।
नियन्त्रण बाहिरको परिस्थिति सिर्जना भई तोकिएको मितिमा महाधिवेशन सम्पन्न गर्न नसकेकोमा देश, विदेशका सम्पुर्ण प्रतिनिधि, पर्यवेक्षक र शुभेच्छुक महानुभावहरुमा पर्न गएको असुविधाप्रति हामी अत्यन्तै दुःखी रहेको विज्ञप्तिमा भनिएको छ ।
घेदुङका महासचिव मोहित कुमार तामाङद्धारा जारी विज्ञप्तीमा परिस्थिति अनकुल हुने बित्तिकै प्रशासनको अनुमति लिएर महाधिवेशन सम्पन्न गर्ने उल्लेखित छ ।
प्रेस विज्ञप्ति;