मेलम्ची स्थित सिन्धु स्पाईडर युवा क्लब सुरुवाती देखि नै समाजसेवाको काममा अग्रसर

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक, मेलम्ची
हरेक क्षेत्रमा युवाहरुलाई जागरुक गराउने उद्देश्यका साथ स्थापित सिन्धु स्पाईडर युवा क्लब स्थापन भएको सुरुवाती चरण देखि नै समाजसेवामा अग्रसर हुँदै आएको छ ।

यस युवा क्लबले गत माघ ५ गतेका दिन स्थानीय क्यान्सर पीडितहरुका लागी सङ्कलित रू. १,५०,०००/- (एक लाख पचास हजार रुपैयाँ) सहयोग रकम हस्तान्तरण समेत गरेको हो ।

क्यान्सर पीडितहरु सन्च तामाङ्ग, सुकुलाल तामाङ्ग र कृष्णमाया तामाङ्गको उपचारका लागि जनही रु.५०,०००/- (पचास हजार रुपैयाँ) का दरले क्लबका अध्यक्ष श्री अरुण लामा ज्यू को अध्यक्षतामा नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापती श्री विकाश लामा, नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २ का क्षेत्रीय सभापति श्री आइतमान स्याङबो, नेपाली काङ्ग्रेस क्षेत्र नम्बर-२ का सह सचिव एवं नेपाल तरुण दल सिन्धुपाल्चोक जिल्ला सचिव श्री जीत बहादुर थिङ र मेलम्ची नगरपालिका वडा नं ८ का वडा अध्यक्ष श्री ठंकराज गिरी लगायत सल्लाहकार तथा बुद्धिजीवीहरुको उपस्थितिमा सङ्कलित रकम क्यान्सर पीडितहरुलाई नेपाल बैंक लिमिटेडका चेक मार्फत सम्बंधित क्यान्सर पीडितहरुको आफन्तहरुलाई सामूहिक रूपमा हस्तान्तरण गरेका थिए ।

अध्यक्ष लामाले क्लबको यस्तै सामाजिक अभियानहरुमा साथ दिनुहुने सम्पूर्ण मनकारी तथा समाज सेवी सहयोगी दाताहरुलाई हार्दिक नमन तथा धन्यवाद ज्ञापन गर्नुहुन्छ । उहाँ भन्नू हुन्छ “हाम्रो अभियानहरू सधैं निरन्तर रूपमा चल्ने छन् र तपाईहरुको साथ, सहयोग, हौसला र अमुल्य सल्लाह सुझाबको भने अपेक्षा गरिएका छौ।”

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार