विद्यार्थीद्वारा मन्दिर निर्माण र हस्तान्तरण

 

सिन्धुली, दुम्जा
सिन्धुली जिल्लाको सुनकाेशी गाउँपालिका दुम्जा पानीपाेखरी स्थित श्री कुशेश्वर विद्यापिठ उच्च माध्यमिक विद्यालयमा २०५२ सालको प्रवेशिका परिक्षामा सम्मिलित विद्यार्थीहरुले निर्माण गरेको सरस्वतीको मन्दिर विद्यालय व्यवस्थापन समितिलाई हिजाे एक कार्यक्रमकाे आयोजना गरी हस्तान्तरण गरिएको छ ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिव अरुण घिसिङले अध्ययन गरेकाे उक्त विद्यालयमा घिसिङकै पालामा २००५२ सालमा एस.एल.सी. दिएका बिद्यार्थीहरुकाे पहलमा उक्त सरस्वती मन्दिरको निर्माण भएको हाे । मन्दिर हस्तान्तरण कार्यक्रममा स्वागत मन्तव्य अरुण घिसिङले राख्नु भएको थियाे भने डा. बिद्यानाथ कोइरालाकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको थियाे । पूर्व प्रधानाध्यापक शिव काेईराला, हालको प्रधानाध्यापक विनोद कोइराला र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सन्तोष घिमिरे समेतले शुभकामना मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा विद्यालयका शिक्षक बच्छु कोइराला , बद्री मैनाली लगायत व्यवस्थापन समितिको तर्फबाट ५२ सालको प्रवेशिका परिक्षामा सहभागी छात्रछात्राहरुलाई मायाको चिनो र खादा र माला लगाई सम्मान गरेको थियो ।

सरस्वती पूजाकाे दिन पारेर बिद्यार्थीहरुद्वारा हस्तान्तरण गरिएको कार्यक्रम केदार कोइरालाको सभापतित्वमा र जगतमान लामाले सन्चालन गर्नु भएको थियो । कार्यक्रम समापन पश्चात निर्माणको प्रक्रियामा रहेको विपि ( पूर्व प्रधानमन्त्री विशेश्वर प्रसाद कोइराला) पार्कको अवलोकन समेत गरेको र माओवादी केन्द्रको सचीव ५१ सालमा ९ कक्षामा अध्ययन गर्ने वेला डेरा लिएर बसेको घर विशेश्वर प्रसाद कोईरालाको बुबा कृष्णप्रसाद कोईरालाको जन्म थलो तर हाल भग्नावशेषकाे रुपमा रहेको घरकाे समेत अवलोकन गरिएको थियो ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार