सिन्धुपाल्चोकबाट पुर्व मन्त्री सहित ५ जना ओलि पक्षको केन्द्रिय महाधिवेशन आयोजक कमिटीमा

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
ओलि पक्षको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को महाधिबेशन आयोजक कमिटिको केन्द्रीय सदस्यमा सिन्धुपाल्चोक बाट ५ जना चयन भएका छन् । चयन हुनेमा पुर्व कानुन मन्त्री शेर बहादुर तामाङ सहित बागमती प्रदेश सभा सदस्य सरेश नेपाल, नेकपा नेता हस्त पण्डित, गाउँ पालिका महासंघ नेपालका अध्यक्ष एवं जुगल गाउँ पालिका अध्यक्ष होम नारायण श्रेष्ठ र महिला नेत्री डोल्मा लामा रहेका छन् ।

आज ओलि पक्षधरका बालुवाटार भेलाले उहाँहरुलाई कमिटीमा समाबेश गरेका हुन् । यसै बैठकले ५५६ सदस्यीय केन्द्रिय समिती गठन गरेका छन् । त्यस्तै केन्द्रीय समितिको बैठकबाट ११९९ सदस्य महाधिवेशन आयोजक समिति गठन गरेको बैठकमा सहभागी एक नेताले बताए । साथै भेलाले आगामी चैत महिनामा महाधिवेशन गर्ने पनि जानकारी दिएका छन् ।

प्रचण्ड-नेपाल समुहले ओलिलाई पार्टी अध्यक्षबाट हटाएर नेपाललाई अध्यक्षको जिम्मेवारी

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे पश्चात् नेकपा भित्र गर्माएको विवादले एकपछी अर्को समाचार सुन्न पाईरहेका छन् । यस्तैमा प्रचण्ड-नेपाल समुहको ३१५ जना केन्द्रिय सदस्य भेलाले ओलिलाई पार्टी अध्यक्षबाट हटाईएको घोषणा गरेका छन् । ओलिलाई हटाएर नेपाललाई अध्यक्षको जिम्मेवारी दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले संचारकर्मीलाई जानकारी दिएका छन् ।

प्रचण्ड–माधव नेपाल समूहको बहुमत केन्द्रीय समितिको बैठकबाट ओलीलाई अध्यक्षबाट हटाइएको बताएका छन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार