मेरो आदर्श र सिद्धान्त नै बृहत् कम्युनिष्ट एकता हो : पुर्व सभामुख महरा

  सरु लामा तामाङ

घोराही
निर्वतमान सभामुख कृष्णबहादुर महराले आँफू बृहत् कम्युनिष्ट एकताको पक्षमा रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक नेता माणिकलाल गौतमको १३ औं दिनको पुन्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जलीसभालाई संवोधन गर्दै उहाँले आँफू बृहत् कम्युनिष्ट एकताका लागि निरन्तर लाग्ने बताउनुभयो ।

‘म बृहत् कम्युनिष्ट एकता, वामपन्थी एकता र समग्र राष्ट्रिय एकताको पक्षमा छु,’ उहाँले भन्नुभयो, ‘म कहाँ रहन्छु भन्ने कुरा महत्वपूर्ण होइन, मेरो आर्दश र सिद्धान्त नै बृहत् कम्युनिष्ट एकता, वामपन्थी एकता र समग्र राष्ट्रिय एकता हो ।’

उहाँले अहिले देश दुई धुब्रमा विभाजित भएको उल्लेख गर्दै बहस र छलफलकै माध्यमबाट नयाँ निष्कर्ष निकाल्न सकिने धारणा व्यक्त गर्नुभयो । नेपालमा अहिले भइरहेको घटनाक्रममा अन्र्तराष्ट्रिय शक्ति केन्द्रहरुको हात भएको समेत उहाँले संकेत गर्नुभयो । ‘अहिले भइरहेका घटना नेपालीको काबुभित्र मात्रै छैन,’ महराले भन्नुभयो, ‘देशभन्दा बाहिर धेरै परको डिजाइनबाट यो चलखेल भइहेको छ ।’

अहिले नेकपा विभाजित भइनसकेपनि विभाजनको संघारमा पुगेको उहाँले बताउनुभयो । ‘हामी केही समय विभाजित हुन सक्छौं, तर हामी विभाजित मानसिकतामा रहनुहुँदैन ।’ छलफल र बहसलाई तुषको रुपमा नभएर स्वच्छरुपमा अगाडी लैजानुपर्ने महराको भनाई छ । उहाँले अहिलेको अवस्थामा प्रतिकृयावादीहरुको विरुद्धमा लाग्दै जनताको सेवा गर्नुपर्र्ने धारणा व्यक्त गर्नुभयो । यस्तो अवस्थामा साना कुरामा अल्झन नहुने महराले बताउनुभयो ।

नेपाली कम्युनिष्ट आन्दोलनमा माणिकलाल गौतमका योगदान महत्वपूर्ण भएको उल्लेख गर्दै उहाँले सच्चा कम्युनिष्टहरु एकता र सहकार्यको पक्षमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार