काँग्रेस केन्द्रिय सदस्य द्वय बस्नेत र थापाले सयौंलाई पार्टीमा स्वागत, भोलि बाह्रबिसे र चौतारामा बृहत् बिरोध कार्यक्रम

भोलि मंसिर २९ गते चौतारा र बाह्रबिसेमा सरकार बिरोध कार्यक्रम हुने ।

सिन्धुपाल्चोक
शनिबार सिन्धुपाल्चोक बलेफी गाउँ पालिका नेपाली काँग्रेस कार्यसमितिद्वारा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गराएको छ । पुर्व मन्त्री बस्नेतको प्रमुख आतिथ्यता र पुर्व गृहराज्यमन्त्री थापाको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा र पुर्व राप्रपा छाडी करिब २०० भन्दा बढि नेता कार्यकर्ताहरुलाई नेता द्वयले भव्य स्वागत गरेका छन् ।

कार्यक्रममा उल्लेख्य कार्याकर्ताहरुको उपस्थिति रहेको थियो । नेता बस्नेतले नवप्रबेशीहरुलाई र कार्यक्रमलाई सम्बोधन गर्दै दुईतिहाई सरकारको पार्टी छोडेर काँग्रेस प्रबेश हुनुको पछाडी राम्रो काम कुनै पनि नगरेको र भ्रष्टाचारमा नं. १ गरेर माथी देखि तल्लो तहको कार्याकर्ताले समेत सरकारी सम्पत्तिको दोहन गर्न नछाडेको कारण औल्याउनुभएको छ ।

त्यस्तै पुर्व गृहराज्यमन्त्री बिष्णु बिक्रम थापाले अब काँग्रेसमा सबैको आस्था र बिश्वास अझ बढ्दै गएकोले देश व्यापी रुपमा पार्टी प्रबेशको लहर बढ्दै पनि गएको धारणा व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेस केन्द्रिय सदस्य बिष्णु बिक्रम थापा

नवप्रबेशी भिम बहादुर तामाङले अहिलेको दुईतिहाई सरकारको जनप्रतिनिधिहरु राजा भन्दा पनि माथी पुगेको, भ्रष्टाचारमा वडा स्तर देखि नै लुटतन्त्र मच्चाएको जनताले धेरै दिन हेर्न नसकिने भएकोले अबको नेतृत्व काँग्रेसले गर्ने र यस्ता राजाहरुलाई ठिक पार्न काँग्रेसले भुमिका खेल्नेमा आशावादी रहेकोले पार्टी प्रबेश भएको बताए । उनैको नेतृत्वमा २ दर्जन युवाहरु अन्य पार्टी त्यागी काँग्रेस प्रबेश भएका छन् ।

कार्यक्रममा महासमिति सदस्य लिला नेपाल, क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, उपसभापति रामकुमार तामाङ, नेविसंघ, महिला संघ, किसान संघ, तरुण दलका नेता कार्याकर्ताहरुको उपस्थिति रहेको थियो ।

भोलि मंसिर २९ चौतारा र बाह्रबिसेमा बृहत् बिरोध कार्यक्रम हुने ;

नेपाली काँग्रेस केन्द्रिय समितिबाट निर्देशित कार्यक्रम अनुरुप देशैभर भोलि सरकार विरुद्ध बिरोध कार्यक्रम हुँदै छ । यसैको सिलसिलामा सिन्धुपाल्चोक नेपाली काँग्रेसले भनें २ स्थानमा सो कार्यक्रमको आयोजना गरेका छन् । जिल्ला कार्य समितीद्वारा चौतारा र १ नं. क्षेत्रीय कार्यसमितीद्वारा बाह्रबिसेमा आयोजना गरिने जानकारी प्राप्त भएको छ ।

सो कार्यक्रम विभेद, उदासिनता, सर्वसत्तावादी प्रवृत्ति तथा कोभिड १९ नियन्त्रण र उपचार, स्वास्थ्य सामाग्री लगायतका अनेकन भ्रष्टाचार र बेथिति विरुद्ध हुन लागेको हो । जहाँ सबै नेता कार्याकर्ताहरुलाई उपस्थितिको लागि समेत आयोजकले निमन्त्रणा गरेका छन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार