नारायणकाजी माथी नैतिकताको प्रश्न, के कमान सिंह लामाको दर्दनाक पिडाको पछि उनै थिए ?

  प्रीतम कुमार तामाङ

काठमाडौं
गत बुधबार राती कोरियाका लागि पुर्व राजदुत एवं नेकपाका केन्द्रिय सदस्य कमान सिंह लामाको उपचारको क्रममा शिक्षण अस्पताल महराजगंजमा निधन हुनुभयो । उहाँ करिब २ हप्ता देखि कोभिड १९ बाट थलिएपछी उपचार गराईरहेका थिए । लामाको निधन कोभिडबाट भएतापनी केही दिन पश्चात् केही विषय बस्तुहरुले गर्दा सबै अचम्मित छन् । कारण, लामा आर्थिक लेनदेनका कारण आफ्नै मित्र अनि परिवारकै सदस्यहरुबाट पिडित थिए भन्ने कुरा उहाँको अन्तिम स्टाटस, एकाएक बाहिरिएको भोइस रेकर्ड अनि भिडियो फुटेजबाट प्रष्ट हुने आधार देखिन्छ ।

सार्वजनिक भएको एक भिडियो फुटेजमा नेकपा प्रवक्ता नारायण काजी श्रेष्ठ र स्वर्गीय लामा बिच करोडौंको लेनदेनको विषयमा चर्काचर्की भएको स्पष्ट देख्न अनि सुन्न सकिन्छ । भिडियोमा शेयरको कुरा र आफुले उल्टै ब्याज तिर्नु परेकोले समस्यामा परेको बताएका छन् ।

यो विषयलाई लिएर नेकपा सचिवालयलाई समेत जानकारी गराएपनी यस विषयमा कसैले चासो नदिएको समेत पारिवारिक श्रोतबाट बुझ्न आएको खबर सनराईज खबरले लेखेका छन् ।

यो भिडियो बाहिरिए संगै लामाका अनन्य मित्र श्रेष्ठको नैतिकता माथी प्रश्न उब्जिएको छ । के उहाँहरु बिच साँच्चै आर्थिक लेनदेन थियो ? यो भनें प्रबक्ता श्रेष्ठले नै स्पष्ट पार्नुपर्छ । अनि मात्र उहाँ माथी उब्जिएको प्रश्नको हल हुन सक्छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार