बलेफीमा नेपाली काँग्रेसको कार्याकर्ता भेटघाट कार्यक्रम हुने

सिन्धुपाल्चोक
पछिल्लो चरण कोभिडका कारण रोकिएका नेपाली काँग्रेस बलेफी गाउँ पालिका कार्यसमितिको को विभिन्न कार्यक्रमहरु अब आयोजना गर्दै जाने भएको छ । त्यसैको स्वरुप यहि मंसिर २७ गते बलेफी बजारमा बिहान १० बजे कार्याकर्ता भेटघाट कार्यक्रम राखिएको छ ।

कोरोनाको कारण लामो समय कार्याकर्ताहरु संग भेटघाट हुन नसकेको र गाउँ गाउँको विभिन्न समस्याहरुको चासो दिन नसकेको सन्दर्भमा छलफल गर्न पनि यस कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने क्षेत्रीय उपसभापति रामकुमार तामाङले बताए ।

कार्यक्रम पुर्व सुचना तथा संचार मन्त्री, नेपाली काँग्रेस केन्द्रिय सदस्य एवं केन्द्रिय खेलकुद विभाग प्रमुख श्री मोहन बहादुर बस्नेत को प्रमुख आतिथ्यता र केन्द्रिय सदस्य विष्णु बिक्रम थापाको बिशेष आतिथ्यतामा सम्पन्न हुने आयोजकले जानकारी दिएका छन् । यसै सुचनालाई आधार मानी सम्पुर्ण कार्याकर्ताहरुलाई उपस्थित हुन समेत अनुरोध गरिएको छ । आयोजकले कोरोना संक्रमण अझै विद्यमान रहेकोले माक्स र सामाजिक दुरि अनिवार्य गरिएको पनि बताएका छन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार