लिसाँखुपाखार वाफलका दर्जनौं युवा काँग्रेसमा प्रबेश, पुर्व मन्त्रीद्वारा स्वागत

काठमाडौं
लिसाँखुपाखार गाउँ पालिका ३ वाफलका दर्जनौं युवा नेकपा र अन्य पार्टी छाडी नेपाली काँग्रेसमा प्रबेश गरेका छन् । युवाहरु नेकपा सरकारको वर्तमान कार्यशैली प्रती वाक्का भएकोले नेपाली काँग्रेसमा प्रबेश भएको नवप्रबेशी युवा अभिषेक तामाङ (योन्जन) ले बताए ।

नवप्रबेशीहरुलाई पुर्व सुचना तथा संचार मन्त्री, नेपाली काँग्रेस केन्द्रिय सदस्य एवं नेपाली काँग्रेस खेलकुद बिभाग प्रमुख मोहन बहादुर बस्नेत, नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ उपसभापति एवं बलेफी गाउँ पालिका नेपाली काँग्रेसका प्रत्यासी उम्मेदवार रामकुमार तामाङ, सुनकोशी गाउँ पालिका वडा नं. ६ का वडा अध्यक्ष रामकुमार थापा, बलेफी ५ का तर्फबाट काँग्रेस वडा अध्यक्ष उम्मेदवार कासिराम श्रेष्ठ लगायतको उपस्थितिमा नेपाली काँग्रेसको सदस्यता सहित स्वागत गरेका हुन ।

पुर्व मन्त्री बस्नेतले नवप्रबेशीहरुलाई स्वागत गर्दै हजारौं युवाहरु नेपाली काँग्रेसमा प्रबेश गर्न लर्को लागिरहेको बताउनुभयो । “पार्टी प्रबेश गराउन कोरोनाको कारण असहज भएकोले मात्रै धेरैलाई समय दिन सकेको छैन” बस्नेतले सुनाउनुभयो ।

क्षेत्रीय उपसभापति रामकुमार तामाङ बताउनुहुन्छ “नेकपाको भ्रष्टचारी सरकारको भन्डाफोर गर्न अब युवाहरु काँग्रेसमा एकताबद्ध हुँदै गएको छ । अबको देशको मुहार फेर्ने काँग्रेस बाहेक अरु पार्टी छैन भन्ने जनतामा पैदा भएको प्बिश्वास नै हाल भैरहेको पार्टी प्रबेश हो ।

पार्टी प्रबेश भएका युवाहरुमा अभिषेक तामाङ (योन्जन), सन्जिब तामाङ, अच्युत तामाङ, सुक्र तामाङ, अजय तामाङ, करन तामाङ, फुलकाजी तामाङ, कृष्ण तामाङ, शेर्पा तामाङ, रोशन तामाङ, असलमान तामाङ, विश्व तामाङ (योन्जन), जोगलाल (ज्याक) योन्जन, मान बहादुर तामाङ (सरोज), विशाल योन्जन तामाङ, पासाङ दोर्जे तामाङ छन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार