जनयुद्ध विरोधी ओलिको हातमा नेतृत्व पुग्नु विडम्बनापुर्ण – डा. भट्टराई

  सरु लामा तामाङ

काठमाडौं
पुर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल सरकार र तत्कालीन माओवादी बिच भएको शान्ति सम्झैताको १४ वर्ष पार गरेकै दिन आफ्नो फेसबुक स्टाटसमा प्रधानमन्त्री ओलि तर्फ इंगित गर्दै बृहत् जनयुद्ध, जनाआन्दोलन लगायत विभिन्न जातिय आन्दोलनहरुको उपलब्धिको विरोधीलाई देश सुम्पिनु दुर्भाग्यपूर्ण रहेको बताएका छन् । पुर्व एमाले र पुर्व माओवादी एकता भै बनेको नेकपा पार्टीको विवाद हाल उत्कर्षमा रहेकै बेला र प्रधानमन्त्री ओलिलाई पदबाट राजिनामा दिन दबाब दिरहेकै बेला पुर्व प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ती आएको हो ।

डा. भट्टराईको फेसबुकमा उल्लेखित बुँदा जस्ताको त्यस्तै साभार ;

सामन्ती राजतन्त्रलाई अन्त्य गरेर देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न क्रान्तिकारी जनयुद्धको नेतृत्व गर्दै आइरहेको माओवादी र नेपाल सरकार वीच वृहद शान्ति-समझौता भएको ( २०६३ मंसीर ५ गते) आज १४ बर्ष पूरा!

सत्यनिरूपण तथा मेलमिलाप आयोग र वेपत्ता सम्बन्धी आयोगका काम अहिलेसम्म पूरा हुन नसक्नु खेदजनक !

नेपाली इतिहासलाई ९ रेक्टर स्केलको भूइॅचालोले झैं हल्लाइदिने त्यत्रो विशाल क्रान्तिपछि देशको नेतृत्व ओली जस्ता जनयुद्धविरोधीको हातमा पुग्नु र शान्ति-सम्झौतामा भएका आर्थिक-सामाजिक रूपान्तरणका काम सम्पन्न हुन नसक्नु विडम्वनापूर्ण!

अब फेरि २०५२ साल यताका जनयुद्ध,जनआन्दोलन,मधेस जनविद्रोह/आन्दोलन,जनजाति आन्दोलन,थरूहट/थारूवान आन्दोलन लगायतका क्रान्तिकारी शक्तिहरूको वृहद ध्रुवीकरण गरेर देशलाई अग्रगमन र समृद्धिको दिशामा लैजाने आँट गर्ने हो कि?

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार