किविको स्वादमा प्रीन्सेस वाईन बजारमा

  प्रीतम कुमार तामाङ

फलहरुको राजा किवि फलको स्वादमा नेपालकै पहिलो प्रीन्सेस वाईन बजारमा आएको छ । प्रीन्सेसलाई माउन्ट एभरेष्ट वाईनरी प्रा. लि. ले उत्पादन गरेको हो । रेड र व्हाईट गरि दुई ब्राण्डमा उपलब्ध यस वाईनको उत्पादन गर्ने फ्याक्ट्री धनकुटा राजारानीमा रहेको छ । कंपनीका प्रवन्ध निर्देशक विष्णु बास्तोलाका अनुसार पछिल्लो चरण नेपालमै बढ्दै गएको किवि फल खेतीलाई मध्यनजर गर्दै अन्तरास्ट्रिय स्तरको स्वादमा यो वाईनलाई उपभोक्त माझ ल्याएको बताउनुहुन्छ ।

नेपालका १६ वटा वाईन कम्पनीहरु मध्ये १५ वटाले अंगुरको र अन्य फलफुलको उत्पादन हुनेमा प्रीन्सेस पहिलो किविको स्वादको वाईन रहेको दाबी कम्पनिले गरेको छ । जसले गर्दा बजारमा यसको राम्रो माग हुने र वाईन पारखीहरुको रोजाईमा पर्ने बताए ।

डिजिटल मार्केटिङको भरपुर उपयोग गर्ने कम्पनीको लक्ष्य रहेको छ । हाललाई ७ सय ७० बजार भाउ तोकिएको छ । माउन्ट एभरेष्ट वाईनरी प्रा.लि. का अध्यक्षका अनुसार फ्याक्ट्रीमा लगानी हालसम्ममा करिब १८ देखि २० करोड लागेको बताउनुभयो । नेपालमा व्यवसाय गर्न सजिलो नै रहेको बताउँदै वाईन कम्पनीले कृषकको बारीमा उत्पादित कच्चा पदार्थ खरिद गर्न सरकाले बिल अनिवार्य गरिएकोले केही झन्झट रहेकोले यसलाई सहज बनाईदिए अझ उपयुक्त हुने धारणा छ । 

मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले व्यवसायी साथीहरुले संधै किवि फलको वाईन माग गरिरहेको अवगत गराउँदै प्रीन्सेस बजारमा आएपछि त्यो पूरा भएको बताउनुभयो ।                                                                                  यसै अवसरमा कंपनीको तर्फबाट मदिरा व्यवसायी महासंघको भवन निर्माणका लागि अध्यक्ष सोनाम शेर्पालाई रु. १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग पनि हस्तान्तरण गरिएको थियो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार