धान खेतमा स्मार्ट लाईसेन्सको पोको

  प्रीतम कुमार तामाङ

धनुषा
स्मार्ट लाईसेन्सको पोको नै बेबारिसे अवस्थामा धान खेतमा फेला पारेका छन्।
प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधामको मुजेलियास्थित यातायात कार्यालयको नजिकै धान खेतमा लाईसेन्सको पोको काम गरिरहेका किसानहरुले फेला पारेको हो। लगभग ३०० थान रहेको पोको फेला पारे पश्चात् यातायात कार्यालयलाई खबर गरि बुझाएका हुन्।

काठमाडौं यातायात व्यवस्था विभागबाट तयार भएर लगिएको लाईसेन्स यसरी धान खेतमा भेटिएको हो। यसरी तयारी लाईसेन्स नै धान खेतमा भेटिएपछि कार्यालयको सुरक्षा माथी नै प्रश्न खडा भएको छ। कार्यालयको ताला समेत लागेकै भएकोले कसरी खेतमा लाईसेन्स पुगे भन्ने कुरा अनुसन्धानको विषय बनेकोले जिल्ला प्रशासन कार्यालय धनुषालाई समेत जानकारी गराईसकेकाले यसको बारेमा थप अनुसन्धान हुने कार्यालयका अधिकृत बिरेन्द्र साहले जानकारी दिएका छन्।

यातायात कार्यालय जनकपुरधाममा बिचैलिया दलालहरुको निर्धक्क आउजाउ हुने भएकोले कतै गलत नियतले भाँड्न ल्याएका लाईसेन्स यसरी बेवारिसे फालेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार