फुलपातीको दिन पारेर नगद राहत पहिरो पीडितको हातहातमै

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
फुलपातीको दिन पारेर लिदि पहिरो पिडितहरुका लागि बिदेशी भुमिबाट दाजुभाई, दिदिबहिनीहरुले संकलन गरेको नगद लिदि पहिरो पीडितहरुलाई हातहात मै पुर्याईदिएका छन्। नगद रकम विभिन्न देशमा कामको सिलसिलामा पुग्नुभएका मनकारी महानुभावहरुबाट सकेको रकम जम्मा गरेर पठाएका हुन्। यसरी पठाएका रकम लिएर बाँसखर्क सम्म पुगेर वितरण गर्ने कार्य नेपाली काँग्रेस पुर्व क्षेत्रीय सभापति जंग बहादुर लामा, नेपाल तरुण दल सिन्धुपाल्चोक जुगल गाउँ पालिका अध्यक्ष दावा जङ्बु शेर्पा, जुगल ३ ईकाई सभापति चिनलाल तामाङ, जुगल ३ गुम्बाका समाजसेवी चेली रुशिका लामा लगायत पुग्नु भएको थियो। 

नगद राहत रकम नेपाल तरुण दालको जुगल गापा अध्यक्ष शेर्पाको पहलमा श्री राजन स्याङ्बो स्मार्ट टिम युएइबाट रु ९० हजार, नेपाली काङ्ग्रेस जुगल ३ इकाई सभापति श्री चिनलाल पाख्रीनको पहलमा व्यक्तिगत ३० हजार र भोटेकोसी गाउँपालिका, लिस्ती छगमका निमा ग्याल्जेन शेर्पा हाल कोरियाबाट ३० हजार गरि ६० हजार र जुगल ३ गुम्बाका चेली रुशिका लामाको पहलमा म्हेन्दो सेलो समितिको टिम र साईली तामाङ कुवेतको नेतृत्वमा पठाएको एकमुष्ट रु. २ लाख ५ हजार लिएर बाँसखर्का पुगेका हुन्। 

म्हेन्दो सेलो संचालक समितीबाट जम्मा नगद रु. २ लाख ५ हजार ।

लिदिमा गएको भीषण पहिरोका कारण लिदिको तामाङ बस्तीमा ठुलो धनजनको क्षति हुन पुकेकोले धेरथोर केही सहयोग गरौँ भन्ने हेतुले सकेको रकम उठाएको मेन्दो सेलो संचालक समितिले जनाएको छ। 

रकम उठाउन अभियान चालेका माहानुभावहरु: ।
१) प्रमुख अध्यक्ष : कान्छी लामा २) निर्णायक : पासाङ डोल्मो लामा ३) सल्लाहकार : रुशिका लामा । यी ३ जनाले चलाउनु भएको अभियानमा सहयोग गर्नु भएको सहयोगि दाताहरूको नाम लिस्ट :

(१) सिन्धुपाल्चोक जुगल गाउँपालिका ३ गुम्बाका गुरु लामाको छोरी कान्छी लामा $50 dollar हाल इराक (२) सिन्धुपाल्चोक जुगल गाउँपालिका ३ गुम्बाका गुरु लामाको नातिनी माहिली लामा $100 dollar हाल इराक (३) सिन्धुपाल्चोक जुगल गाउँपालिका ३ बोल्दे सुक्रनी तामाङ $50 dollar हाल इराक
(४) सिन्धुपाल्चोक जुगल गाउँपालिका ३ बोल्दे याङ लामोको आमा $100 dollar हाल इराक (५)सिन्धुपाल्चोक जुगल गाउँपालिका ३ बोल्दे मेनुका को आमा $50 dollar हाल इराक (६) मकवानपुर जिल्ला पलुङ गाउँपालिका ६ अन्जन तामाङ $50 dollar हाल इराक जम्मा $400 dollar नेपाली रु ४५,६२८ पाईतालिस हजार छसय अठ्ठाईस रुपैयाँ (७) बिनोद तामाङ नुवाकोट तादी गाउँपालिका वडा न:१ Rm 100 हाल मलेसिया (८) टीका लिम्बू पारा तेलोक २ लोखोदिन Rm105 हाल मलेसिया (९) टेक बहादुर लिम्बु ताप्लेजुङ तिलोक २ लोखोदिन Rm50 हाल मलेशिया
(१०) भिम बहादुर वाइब सिन्धुली बस्तिपुर वडा न:७ Rm 30 हाल मलेशिया (११) सुरज परियार पक्षिम नेपाल गुल्मी पिपल धारा ६ Rm30 हाल मलेसिया
जम्मा मलेशिया Rm 315 नेपाली ९,६८४ नाउँहजार छसय चौरासी रुपैयाँ (१२) सिन्धुपाल्चोक जुगल गाउँपालिका ३ गुम्बा पासाङ डोल्मो लामा $100 dollar हाल इराक (१३) सिन्धुपाल्चोक जुगल गाउँपालिका ३ बोल्दे कान्छी तामाङ $50 dollar हाल इराक (१४) सिन्धुपाल्चोक चौतारा सङाचोक गडि नगरपालिका ३ खले बिराज बम्जन $50 dollar हाल मलेसिया (१५) नुवाकोट मेघाङ गाउँपालिका किम्ताङ ९ मानेगाङ अमृत बन्जन $50 dollar हाल मलेशिया जम्मा $ 250 dollar नेपाली रु २५,०३१ पचिस हजार तिनसय एक रुपैयाँ (१६) सिन्धुपाल्चोक जुगल गाउँपालिका ६ बिसिङ्खर चीन बहादुर थिङ तामाङ रु ५००० हाल कतार (१७) सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ७ थागम मंगल बहादुर तामाङ रु ३,८७० हाल मलेसिया (१८) सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ७ थागम सुदिप तामाङ रु ५००० हाल दुबई (१९) सिन्धुपाल्चोक जुगल गाउँपालिका २ गिजे रु ५००० हाल कतार (२०) दोलखा बिगु गाउँपालिका २ ओरङ्गा ( रिलभ लामा/ सिमराज लामा ) रु २००० हाल कतार
(२१) सिन्धुपाल्चोक जुगल गाउँपालिका ३ गुम्बा ( रुशिक्का लामा रु ५००० हाल नेपाल ) (२२) सिन्धुपाल्चोक जुगल गाउँपालिका २ ङ्येम्लुङ ( माहिला श्याङ्बो रु ५००० हाल नेपाल ) (२३) सिन्धुपाल्चोक जुगल गाउँपालिका ३ बोल्दे ( लाल बहादुर तामाङ रु ५००० हाल नेपाल ) (२४) सिन्धुपाल्चोक जुगल गाउँपालिका ३ गुम्बा ( छन्चा डोल्मो तामाङ रु १५०० हाल नेपाल ) (२५) सिन्धुपाल्चोक जुगल गाउँपालिका ३ गुम्बा ( गावा संमो लामा रु १५०० हाल नेपाल )(२६) सिन्धुपाल्चोक जुगल गाउँपालिका ३ गुम्बा ( अरुणा पार्खिन रु ३००० हाल जापान (२७) सिन्धुपाल्चोक जुगल गाउँपालिका २ लिदि ( आस्काजी दोङ रु २००० हाल नेपाल गरि जम्मा रु. १,२४,२१३/- पठाएको थियो।

त्यस्तै गरि सिन्धुपाल्चोक जुगल गाउँ पालिका हाल कुवेतबाट साँईली तामाङ रु.१५,१६०/-, सालमाई तामाङ सिन्धुपाल्चोक जुगलगाउँपालिका हाल कुवेत रु.१५,१६०/-, रण थिङ तामाङ सिन्धुली हाल कुवेत रु.७५८०/-, सविना तामाङ सिन्धुपाल्चोक जुगल गाउँपालीका हाल कुवेत रु.३७९०/-, निसा तामाङ सिन्धुपाल्चोक जुगलगाउँपालिका हाल कुवेत रु.३७९०/-, खेमराज कार्की इटहरी हाल कुवेत रु.३७९०/-, मोहमद इशाक लमजुङ हाल कुवेत रु.३७९०/-, अनिता राई धरान हाल कुवेत रु.३७९०/-, माया लिम्वु मोरङ हाल कुवेत रु.१८९५/-, तुलसा परियार बुटवल हाल कुवेत रु.१८९५/-, मनु महत नेपालगन्ज हाल कुवेत रु.१८९५/-, सियाफ इन्डिया हाल कुवेत रु.१८९५/- चन्द्र बम्जन सिन्धुली हाल कुवेत रु. १८९५/-भुवनेश्वर विश्वकर्मा गाईघाट हाल कुवेत रु.१८९५/-, शनसर बम्जन सिन्धुली हाल कुवेत रु.१८९५/-, बाबुलाल बम्जन सिन्धुली हाल कुवेत रु.१८९५,मेम बम्जन सिन्धुली हाल कुवेत रु.१८९५, नर्धोज तामाङ काभ्रेपलाञ्चोक हाल कुवेत रु.१८९५/-, लाक्पा शेर्पा सिन्धुपाल्चोक हाल कुवेत रु.११३७/-, मिलन बम्जन सिन्धुली हाल कुवेत रु.४५४८/- गरि जम्मा नेपाली रु.८१ हजार ८५ रुपैयाँ पठाएका थिए।

एकमुष्ट रकम २९ घरपरिवारलाई ६ हजारका दरले र १४३ घरपरिवारलाई १ हजारका दरले र बाकी रहेको ३७ हजार मृतक परिवारको बालबालिकाको खातामा जम्मा गर्ने गरि वडा अध्यक्ष प्रताप लामाको रोहबरमा वितरण गरिएको जुगल ३ नेपाली काँग्रेस ईकाई सभापति चिनलाल पाख्रीनले जानकारी दिनुभयो।

जुगल तरुण दल अध्यक्ष शेर्पाले यस अघि पनि व्यक्तिगत पहलमा विभिन्न राहत सामाग्री लिएर बाँसखर्क पुगेको स्मरण गराउँदै अझै सकेको सहयोग जुटाउने प्रतिबद्धता जाहेर गर्नुभयो।

त्यस्तै राहत वितरणका लागि पटकपटक बाँसखर्का पुग्नु भएका नेपाली काङ्ग्रेसको पुर्ब क्षेत्रीय सभापति जङ्गा बहादुर लामाले बिदेशको चर्को दुखको काम गरेर जुटाएको रकम यसरी आफ्नो दाजुभाइ दिदिबहिनीहरुको पिडामा दिल खोलेर सहयोग गर्नुहुने सबैमा आभार प्रकट गर्नुभएको छ।

वडा अध्यक्ष प्रताप लामाले लिदिको पिडामा धेरै भन्दा धेरै सहयोग बिदेशमा पसिना बगाईरहेका महानुभावहरुबाट आएकोले उहाँहरु प्रती धन्यवादले मात्र नपुग्ने बताए। “उहाँहरु महान हुनुहुन्छ, जो आफैं दुख अनि पिडामा छन् तर पनि निरन्तर सहयोग गरिरहनुभएको छ। त्यसैले यो धन्यवाद मात्र उहाँहरुको लागि साँच्चै कमि हुनेछ।” लामाको धारणा छ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार