बाह्रबिसे ईलाकामा १४ महिना बिताएका निरीक्षक न्यौपाने सम्मानित

  प्रीतम कुमार तामाङ

काठमाडौं
इलाका प्रहरी कार्यालय बाह्रबिसे सि.पा. मा १४ महिना बिताएका तत्कालीन कार्यालय प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपाने सम्मानित हुनुभएको छ। न्यौपानेलाई आफ्नो १४ महिने कार्यकाल विवादरहित, शान्तिपूर्ण, सुखद एवंम बिपद व्यवस्थापन तथा उद्धार कार्यमा उत्कृष्ट काम गरे बापत प्रहरी प्रधान कार्यालयले उक्त कार्यको उच्च मुल्याङ्कन गरि ६५ औ प्रहरी दिवसको अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट सम्मानित एवंम पुरस्कृत हुनु भएको हो। निरीक्षक न्यौपाने उत्कृष्ट विपद उद्दारक प्रहरीको रुपमा सम्मानित हुनुभएको छ।

न्यौपानेकै कार्यकालमा बाह्रबिसे नगरले बजार व्यवस्थापन गर्ने क्रममा स्थानीय बजारमा टहरा हटाएको विषयमा स्थानीयहरुले आन्दोलन गरेको थियो। जहाँ तोडफोड समेत हुने अवस्थालाई सम्हालेका थिए। त्यस्तै जम्बु,खागदल, त्रीपुरसुन्दरी, भोटेकोसी, घुम्थाङ लगायत स्थानमा भीषण बाढी पहिरोले ठूलो धनजनको क्षति लगायतमा उत्कृष्ट रुपमा उद्दार, देखि शान्ति सुरक्षा दिने कार्यमा अहोरात्र खटिनु भएको थियो।

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार