सिन्धुपाल्चोक तरुण दल अध्यक्षद्वारा पहिरो पिडितलाई दशैँको लागि ९१ बोरा चामल र ४१ हजार माक्स जिल्लाबासीलाई

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
नेपाल तरुण दल सिन्धुपाल्चोक द्वारा जिल्लाबासीलाई कोरोना रोकथाम होस भन्ने उद्देश्यका साथ ४१ हजार पिस मास्क र वर्षातका कारण पहिरोले बासस्थान गुमाएका ९१ घर परिवारलाई दशैँका लागि ९१ बोरा चामल वितरण गरिएको छ। मास्क जिल्लाका १२ वटै स्थानीय तहका स्वास्थचौकी, प्रहरी चौकी र सर्वसाधारण जनताहरुलाई वितरण गर्न प्रत्येक पालिकाका तरुण दल अध्यक्षहरुलाई जिम्मा लगाईसकेको जिल्ला अध्यक्ष एवं नेपाली काँग्रेस महासमिती सदस्य दोर्जे लामाले जानकारी दिनुभयो।

५६ बोरा चामल बाह्रबिसे नगरपालिका वडा नं. ७ स्थित देउराली, गलंसा र ३५ बोरा चालम त्रीपुरासुन्दरी गाउँ पालिका- २ सेलेले का ३५ परिवारलाई वितरण गरिएको हो।

वितरित मास्क र ९१ बोरा चामल अध्यक्ष लामा स्वयमले व्यक्तिगत खर्चमा खरिद गरेका हुन्। लामाका अनुसार पहिरोले बासस्थान क्षतिग्रस्त भएको त्रीपुरासुन्दरी सेलेले र बाह्रबिसे देउराली, गुम्थाङमा कहिँकतैबाट अहिले सम्म राहत नपुगेको गुनासो र खबर आफुलाई प्राप्त भएपछी त्यहाँ तत्काल पिडितहरुकै आग्रहमा आवश्यक खाद्यान्न वितरण गरिएको बताए। जिल्लावासीलाई आवश्यक पर्ने थप मास्क भनें अझै वितरण गरिने उहाँको भनाइ छ।

बासस्थान नै छाडेर अस्थायी रुपमा बस्दै आएका स्थानीयहरु दशैँको लागि कसरि खाद्यान्न जोहो गर्ने भन्नेमा अन्योल हुँदै गर्दा तरुण अध्यक्षबाट चामल पाएकोमा खुशी देखिन्थे।

 

नेपाल तरुण दल सिन्धुपालचोक द्धारा जिल्ला भरीलाई मास्क वितरण गर्न पठाईयो

Posted by Janmabhumi POST । जन्मभूमि पोष्ट on Saturday, 17 October 2020

 

नेपाल तरुण दल सिन्धुपाल्चोक जिल्ला अध्यक्ष लामाले यसअघि लकडाउनको समयमा काठमाडौंमा विभिन्न दैनिक ज्यालादारी काम गर्ने, बिहानबेलुका छाक टार्न गाह्रो भएका करिब १२०० घरपरिवारलाई डेराडेरामै चामल, नुन, तेल आदि पुर्याएर चौतर्फी प्रशंसा कमाएका थिए। राजनिती भन्दा बढी समाजसेवामा सक्रिय लामा जिल्लाका हरेक विपत्तिहरुमा अग्रपंक्तिमा रहेर सेवाका लागि खटिएको देखिन्छ। बाह्रबिसे जम्बु भीषण बाढी होस् या जुगल लिदि पहिरो पिडितलाई राहत पुर्याउने अथवा घुम्थाङ, नागपुजेको भीषण पहिरो पिडितहरुलाई आफैं उपस्थित हुनुभै राहतमा खटिनुभएको कार्यको सबैले उच्च मुल्यांकन गरिएको पाईन्छ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार