सिन्धुपाल्चोक चौतारामा विपि अध्ययन केन्द्र ढलान हुने क्रममा

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
सिन्धुपाल्चोक नेपाली काँग्रेसको आफ्नै पार्टी कार्यालय बि पि अध्ययन केन्द्र ढलान गर्ने तयारीमा पुगेको छ। सदरमुकाम चौतारामा निर्माणाधिन भवन तिब्र गतिमा अघि बढिरहेको छ।

गत जेठ देखि सुरुवात भएको भवन निर्माणका लागि पुर्व सभापति रोहिणी राज सिग्देलले आफ्नो पार्टीको लागि भनेंर १३ आना जग्गा दान दिएको थियो। सो जग्गामा तीन करोड ७० लाख लागत (स्टिमेट)मा पार्टी कार्यालय निर्माणको काम सुरु गरेका हुन्।

साढे दुई तलाको भवन सभाहल सहितको बन्ने पार्टी सभापति विकास लामाले जानकारी दिए। संसद विकास कोषबाट परेको २५ लाख र केही आन्तरिक स्रोतबाट यो साल (२०७७) एकतलाको भवन निर्माण गर्ने काँग्रेसको योजना छ। अर्को सालसम्ममा भवनले पुर्णता पाउने सभापति लामाले बताए। माथिल्लो तलामा भने ज जसले आर्थिक सहयोग गर्छ उनीहरुकै नाममा कोठाहरुको नाम राखिने छ ।

कार्यालय निर्माणका लागि धेरै जनाले सहयोग दि सकेको र जुट्ने क्रम जारी छ। उनले जसले जे सक्छ सोही सहयोग गरेर कार्यालयलाई पुर्णता दिनपनि सबैलाई आग्रह गरेका छन् । ‘आफ्नै कार्याकालमा भवन निर्माण जस्तो महत्वपुर्ण कामको सुरुवात गरे धेरै खुशी छु,’ उनले भने ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार