लिदि पहिरो पीडितहरुलाई परदेशी चेली र दाजुभाईहरुको नगद सहयोग

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपलिका वडा नं. २ लिदि गाउँमा गएको भिषण पहिरोको कारण ठूलो धनजनको क्षति व्योहोर्नु परेका पीडितहरूको लगि गौरीशंकर सिन्धुपाल्चोक कुर्गिस्थान संस्थामा आबद्ध चेलीहरु र दाजुभाइहरुबाट नगद सहयोग प्राप्त भएको छ। बिदेशमा रगतपसिना गरेर पनि आफ्नो जन्मभूमिमा आफ्ना आफन्तजनलाई परेको पिडामा केही मलमपट्टी होस् भन्ने सोचका साथ संकलन गरेर करिब १ लाख ३६ हजार नगद नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकको समन्वयमा पठाएका हुन्। दशैं नजिकिँदै गर्दा पीडितहरुलाई दशैं खर्च स्वरुप यसरी नगद सहयोग गरेका हुन्।     

त्यस्तै ५० हजार नगद रकम भनें काभ्रे चौरी देउराली गाउँ पालिका वडा नम्बर २ सोमपती स्थाई घर भइ हाल मुलपानी बसोबास गर्ने दम्पती रुपा लामा र सगर मोक्तान बाट प्राप्त भएको थियो।   

परदेशी चेली र दाजुभाइहरुले संकलन गरेको नगद नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकका अध्यक्ष रेशम स्याङ्बो मार्फत सो नगद पठाएका हुन। नगद रकम हस्तान्तरण भनें महिला घेदुङका संघिय सचिव अस्मिता लामा अस्थायी बासस्थान बाँसखर्क मै पुगेर वडा अध्यक्ष प्रताप लामाको रोहवरमा सिधै पीडितको हातहातमै वितरण गरिएको हो। 

महिला घेदुङका सचिब लामाले दुई चरणमा नगद लिएर पीडित सम्म पुग्नुभएको थियो। केही हप्ता अघि मात्र इराककै चेलीहरुबाट आएको रु. ३६,०००/-, रुपा लामा र सागर मोक्तान दम्पतीबाट नगद ५०,०००/- र अपुग २ हजार नगद थपेर ११ घरपरिवारलाई रु. ८०००/- का दरले वितरण भैसकेको थियो। पुन: दोश्रो चरणमा भनें १२ परिवारलाई रु. ८ हजारकै दरले हिजो ९६ हजार नगद र बाँकी ४ हजार त्यहीँका युवा क्लबलाई दिएका हुन।

सिन्धुपाल्चोक कुर्गिस्थान संस्थामा आवद्ध र यस अभियानमा साथ दिनुभएका चेलीहरु साथै दाजुभाईहरुमा
जुगल गाउँ पालिका ३ बोल्देका सानुमाया पाख्रीन ५०डलर, जुगल ३ पाङ्गर्पुका एलिना दोङ ५० डलर , जुगल ४ मान्द्राका संगित दोङ ५० डलर, र एकदमै सहयोगि मन बोकेर यस अभियानमा जोडिनु भएको अनेक स्याङबो सिन्धुपाल्चोक जुगल गाउँपलिका २ गोल्चे १०० डलर र सिन्धुपाल्चोक गौरीशंकर कुर्गिस्थान संस्थाबाट १०० डलर, निर्मला दोङ जुगल गाउँपलिका ४ कतुचे ५० डलर, कान्छा लामा स्याङ्बो जुगल गाउँपलिका वडा २ गोल्चे ५० डलर, जमुना गोले जुगल गाउँपलिका वडा २ सुनचागङ ५० हजार ईराकी डिनर, रश्मी दोङ जुगल गाउँपलिका ३ पाङ्गर्पु ५० डलर, सन्चामाया जुगल गाउँपलिका ३ गुम्बा ५० डलर, विविलाल दोङ जुगल गाउँपलिका ४ माद्र ५० डलर,
जारिमाया जुगल गाउँपलिका ३ गुम्बा ५० डलर, साङमु तामाङ जुगल गाउँपलिका ३ बोल्दे ५० डलर, बौद स्याङ्बो जुगल गाउँपलिका २ गोल्चे ५० डलर, राम तामाङ जुगल गाउँपलिका याङलाकोट ५० डलर, छेवाङ योन्जन भोटेकोसी गाउँपलिका १५००० डिनर, कन्यमाया स्याङ्बो जुगल गाउँपलिका २ ङेमालुङ १५००० डिनर, कार्म तेन्जिङ शेर्पा भोटेकोसी गाउँपलिका १५००० डिनर, निमा शेर्पा भोटेकोसी गाउँपलिका २५००० डिनर, अर्जुन तामाङ बाहृबिसे ३००००डिनर, पेम्बा शेर्पा भोटेकोसी गाउँपलिका १५००० डिनर, तेम्बा छिरिङ भोटेकोसी मार्मिङ १५००० डिनर, मेग राज लामा कर्थलि बाह्रबिसे २५००० डिनर, इन्द्र राज योन्जान लिसांखु ठुलो धादिङ १५००० डिनर, फुल माया स्याङ्बो बारुव ३०००० डिनर, प्रिति शेर्पा भोटेकोसी गाउँपलिका लिस्ति ४०००० डिनर, पेमा तामाङ ४०००० डिनर, सुनित तामाङ १५००० डिनर, बिबान मगर १५००० डिनर, दिपक बस्नेत नेपाल गन्ज ५००० डिनर, निसाना मगर बुटवल १०००० डिनर, निर्मल लिम्बु मोरङ ५००० डिनर, कुमार मोक्तान १०००० डिनर, धन माया जुगल गाउँपलिका ४ पाङतन ६०००० डिनर, परिन थिङ याङलाकोट २५००० डिनर, नोक्री शेर्पा भोटेकोसी गाउँपलिका २५००० डिनर संकलन गरिएको थियो।
यसरी परदेशमा रहेर पनि आफ्नो घरगाउँमा परेको पिडामा सहयोग गर्नुहुने सम्पुर्णलाई वडा अध्यक्ष प्रताल लामाले खुलेर प्रशंसा गर्नुभएको थियो। उहाँले बिदेशी भुमिमा रगतपसिना गरेर सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरु प्रती हाम्रो सम्मान छ भन्नू भयो। त्यस्तै महिला घेदुङका सचिब अस्मिता लामाले यो अवसर दिलाईदिएकोमा सिन्धुपाल्चोक घेदुङ र सहयोगी महान व्यक्तित्वहरु प्रती धन्यवाद ज्ञापन गरेका छन्।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार