राजनीति संगै समाजसेवामा निरन्तर सक्रिय युवा नेता जङ्ग लामा

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक, जुगल
सिन्धुपाल्चोक जुगल गाउँ पालिका वडा नं. ७ याङ्लाकोट स्थित पुनर्निर्माण भैरहेको जलदेवी मन्दिरलाई नेपाली काँग्रेस सिन्धुपाल्चोकका पुर्व क्षेत्रीय सभापति युवा नेता जङ्ग बहादुर लामाले दुई वटा घण्ट चडाएका छन्। लामा एक्लैको व्यक्तिगत लगानीमा करिब ७८ हजार बराबर पर्ने दुई वटा घण्ट मन्दिरमा चडाएका हुन्। केही हप्ता अघि मात्रै यस मन्दिरको पुनर्निर्माणका लागि सुरुवात अर्थात शिलान्यास पनि उहाँले नै गरेका थिए।

लामा राजनीति संगै सामाजिक कार्यहरुको साथसाथै समाजसेवामा सक्रिय छन। लिदि पहिरो लगायत अन्य भैपरिआउने अप्ठ्याराहरुमा उहाँको सहयोग हुँदै आएको छ। लामाका अनुसार जलदेवी मन्दिरलाई परापुर्वकाल देखि नै सबैले पुज्दै आएकोले धार्मिक एवं सांस्कृतिक महत्व समेत रहेकोले यस मन्दिर निर्माणमा आफ्नो बिशेष सहभागिता रहेको बताउनुभयो। “हामीले हाम्रो वरपर रहेको पुरातात्त्विक धार्मिक सम्पदाहरुको संरक्षण, सम्बर्द्धन अनि पुनर्निर्माण गर्नु हाम्रै कर्तव्य हो” लामा भन्नू हुन्छ। साथै लामाले अझै आफुले सक्ने सहयोग गर्दै जाने पनि बताएका छन्।

गाउँलेहरुले समेत निकै आस्थाका साथ पुज्ने जलदेवी २०७२ सालको महाभुकम्पका कारण पुर्ण रुपमा ध्वस्त भएका थिए। यसपछी पनि पटकपटक पहिरो झर्दै जाँदा यसको वास्तविक स्थान नै लोप हुन लागिसकेकोले हाल स्थानीय युवा, बुद्धिजीवी, जनप्रतिनिधि, नेताकार्यकर्ता, समाजसेवी सबै मिलेर यसलाई पुनः स्थापित गर्न लागिपरेको स्थानीय जुझारु युवा समीर लामाले बताए। हाल सामाजिक सेवामा अग्रसर व्यक्तित्वहरुको सहयोगमा मन्दिरको पर्खाल लगाउने कार्य भैरहेको छ। अन्य सहयोग समेत जुट्ने क्रम जारी रहेकोले अब छिटै पूर्णत पाउने निर्माण गरिरहेका युवा समुहले जानकारी दिएका छन्।

जलदेवी मन्दिरमा स्वच्छ मनले पुजा गरे मनले चिताएको पूरा हुने धार्मिक विश्वास समेत रहेको स्थानीय बताउँछन् । त्यसैले पनि यसको धार्मिक महत्व धेरै रहेको सुनाउँछन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार