काठमाडौं, दिपक कार्की
सामाजिक सञ्जाल टिकटकसहित विभिन्न चलचित्र, टेलिचलचित्र, सर्टमूभि, सांगितिक भिडियो, स्टेज कार्यक्रम लगायतमा नेपाल प्रहरीले प्रयोग गर्ने पोसाकको दुरुपयोग भएको पाइएको भन्दै प्रहरी प्रधान कार्यालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
प्रहरी प्रवक्ता कुवेर कडायतले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी पोसाक, दर्ज्यानी चिन्ह, प्रहरिको मोनोग्राम दुरुपयोग भएको पाइएकाले अनुमति बिना प्रयोग गरेमा कानुन बमोजिम कारबाही हुने स्पष्ट पारेका छन् । साथै बिज्ञप्तीमा भनिएको छ, “कसैलाई पोसाकको प्रयोग गर्नैपर्ने भएमा प्रहरी प्र धान कार्यालयबाट स्वीकृति लिनुपर्ने छ।” बिज्ञप्ती;