सधै ती अस्तव्यस्त अनि अव्यस्थित विस्तारामा
लखतरान भई रणभुमिमा ढलेको लाश झै पल्टिरहेका छन ।
अझ भनौ खोरमा हुल्याइएको भेडा–बाख्रा जस्तै ।
म एक त्यो हिरासत भित्रको भेडा हुँ ।
म एक अन्धो कानुनले नचिनेको सत्य हुँ ।
म एक बहिरो न्यायधिशले नसुनेको न्याय हुँ ।
म एक प्रमाणु बमलाई तुहाउने शान्ति हुँ ।
म एक बुलेटलाई नङ्ग्याउने ब्यालेटको क्रान्ति हुँ ।
म एक दासत्वलाई नरुचाउने स्वतन्त्रता हुँ ।
म एक विखण्डन र विभेदलाई रोक्ने स्वतन्त्रता हुँ ।
म एक साम्राज्यवादी पराधिनता नमान्ने स्वाधिनता हुँ ।
म एक मानव अस्तित्व र अधिकार खोज्ने मानव हुँ ।
ती सत्य न्याय,शान्ति,क्रान्ति,समानता,स्वतन्त्रता स्वाधिनता ।
मानव अस्तित्व र मानवअधिकारवादी एक सचेत प्राणी हुँ ।
तर यी अचेत समाज एकातिर अनि म एकातिर ।
त्यहि समाज,राष्ट्र देशको निम्ति लडेको म ।
आज त्यहि देशमा हिरासतको शून्यता भित्र गुम्सिएको छु ।
आज मेरा आफ्ना घरपरिवार सबै बिराना छन ।
सिमाहिन आकाशका दुई आँखा घाम र जुन बिराना छन् ।
मानव निर्मित एक सानो बन्द कोठा बाहेक बृहत धर्ती बिराना छन् ।
आज मेरा अभिव्यक्ति स्वतन्त्रता,प्रेस स्वतन्त्रता अनि
स्वतन्त्रपूर्वक हिडडुल गर्न पाउने अधिकार खोसिएको छन् ।
आज सँग छँ त केवल बाँच्न पाउने अधिकारको झिनो आसाँ
ती शून्यता बोकेका सहानुभुति र सान्तवनाहरु
आजको भौतिक बिलासितामा रम्नेहरुको भिडमा हिरासत भित्र पनि
कसैलाई लामखुट्टे र उपियाले टोक्छन त कसैलाई रुपियाले ।
कहीले चौरासी ब्यन्जनको अभावले पिरोलिन्छन त कहिले चिल्लो सुटबुटको मोहले
म सधै बौद्धिक बिलासितामा रमाउछु ।
चिल्लो सुटबुट र चौरासी व्यञ्जनको लोभ छैन ममा ।
मलाई आनन्द छ नयाँ ज्ञान नयाँ कितावमा रमाउनुमा ।
कलमको बुई चढि संसारलाई आफ्नो पञ्जामा नचाई आफ्नो दृष्टिकोण पोख्नुमा ।
मलाई सम्मानित जीवनभन्दा सम्मान योग्य जीवन भोक छ
चुनौति पछाडि लुकेको अवसर खोज्ने शोख छ ।
हाँसिल गरेको उपलब्धिलाई बचाउदै नयाँ उपलब्धि हासिल गर्नुछ ।
कृत्तिम दासत्वलाई तोडने प्रकृति प्रेमि भई बाँच्नु छ।
आज मैले आफै संग प्रश्न गरिरहेको छु।
मैले समाज नपचेको की समाजलाई सत्य ?
✍️ ग्याल्जेन दोर्जे तामाङ
हाल : नख्खु कारागार काठमाडौ ।