जिन्दगीमा मान्छेले – गजल

  जन्मभूमि संवाददाता

जिन्दगीमा मान्छेले केही लिनुपर्छ, केही दिनुपर्छ
मर्यो पाप सक्यो नसोच्नु, सबैले फेरि जन्मिनुपर्छ!!

तिम्लाइ लाग्ला हाम्रो सम्बन्ध तोड्न सजिलो होला
यस्को लागि कि तिमी सकिनुपर्छ कि म सकिनुपर्छ!!

मेरो रहर, तिम्ले भन्दा पहिल्यै मैले धर्ती छाड्न सकुँ
किनकि मेरो नि चिता सुन्दर फुलैफुलले सजिनुपर्छ!!

त्याग पनि त एउटा चोखो मायाको निशानी हो नि
भन्दिन म मेरो आँगनमा तिम्रै जन्तिले भरिनुपर्छ!!

✍️ रुप जिम्बा
(सिन्धुपाल्चोक)

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार