तिमी पनि मजबुर छौं, आधा महिना त हराउनुपर्छ
चन्द्र, तिम्लाई कर छैन मलाई भेट्न सधैं आउनुपर्छ
यत्तिकै कहाँ हो र? मैले पिठ फर्काई दिएको पनि
आफन्त हो उहाँ, सजिलोसँग प्रहार गर्न पाउनुपर्छ!!
आगोले पोलेरै हो, त्यो फलाम धारिलो बनेको पनि
हो! तिम्रो बचनले मन पोल्दा मैले खुशी मनाउनुपर्छ!!
कहाँ सजिलो जिम्मेवारी सुम्पिदियो र समयले पनि
मैले, निदाए जस्तो गरि सुतेकालाई बिउँझाउनुपर्छ !!
तिमी नसोध, स्वर भासिने गरि किन चिच्याउछौ भनि
अरे मैले बेलुका सम्ममा यो सप्पै पिठो बिकाउनुपर्छ !!
म कसोरी गरुँ बिन्ती काखे छोरा, दुवै थुन नरित्याउँनु
तिम्रा बाबा पनि बिरामी छन् भोका छन्, खुवाउनुपर्छ !!
✍️ रुप जिम्बा “सिन्धुपाल्चोक”