फुल कुमार बोम्जन “तामाङ डाजाङ” मा पुनः अध्यक्ष

  सरु लामा तामाङ

काठमाडौं
तामाङ डाजाङको ११ औं अधिवेशनले पुन: फुल कुमार बोम्जनलाई अध्यक्षमा चयन गरेको छ । शनिबार काठमाडौं बौद्ध स्थित तामाङ भवनमा सम्पन्न अधिवेशन तथा २०९ ग्याईकाई गेताङले बोन्जनको अध्यक्षतामा नेतृत्व चुनेका हुन् ।

नव निर्वाचित अध्यक्ष बोम्जन लामो समय देखि नेपाली संगीत र साहित्यको माध्यममार्फत तामाङ भाषाको संरक्षण, प्रवर्धनमा लाग्दै आउँनु भएका व्यक्ति हुनुहुन्छ ।

नयाँ कार्यसमितिमा  अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा मणिकलाल घिसिङ, सचिब निकिता लामा, सह सचिब कबिराज काल्तान, कोषाध्यक्ष स्वयंबर सिंह घलान चयन हुनु भएको छ ।

सदस्यहरुमा जंग योन्जन, तेज योन्जन, मनिषा लो, वाङजू पासाङ तामाङ, मानकाजी पाख्रिन, निमाजोङ तामाङ, हिरामाया घिसिङ, शुभलाल तामाङ , किशोरी कुमारी तामाङ, सन्ध्या सुस्केरा र रचना मोक्तान हुनुहुन्छ ।

“तामाङ डाजाङ’ लामो समय देखि तामाङ भाषा,साहित्य र सस्कृति संरक्षणको लागि महत्वपूर्ण भूमिका निर्वाह गदै आईरहेको संस्था हो ।

 

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार